सहयात्री शोभा अर्याल, बुटवल, रुपन्देही
१
आमा तिम्रो पीडा देखेर आत्तियो यो मन,
सधैं दुःख तिमीलाई हामी भयौ निर्धन ।
२
मनको पीडा पोखौँ भन्छु केही नै शब्द फुरेन,
आँसु आँसु भयो जीवन सुख कहिल्यै जुरेन ।
३
आमा र बाबाको मन भित्र माया मामता छ कति
अलि ठुला भए पछि बिग्रियो छोराछोरीको मति ।
४
आँसु पुछ हाँसो ल्याउ बुझिदेउ मर्म
बृद्धबृद्धाको सेवानै हो मानव धर्म ।
५
दुःख सहन नसकी रोयो धेरै मन
बिदेशीयो कमाउँछु भनि केही धन ।
६
दया धर्मले बन्नु सधैँ दीनदुखीको सहारा,
जन्मियौ धर्तिमा केही त हुन्छ तिम्रो अभिभारा ।
७
पराइघर गए देखि रोकिएन यो आँसु
गरिखान गार्हाे भयो किचकिचे छिन सासू ।
८
जिन्दगी भरी दुःख सुखमा दिन्छु भन्थ्यौ सहारा,
अहिले देखायौँ तिमीले अनेकौं थरीका पारा ।
९
कुरेकी छु माया साँची विश्वासको भरमा
छिट्टै आउ परदेशी लिई जाउ घरमा ।
१०
सोंचे जस्तो जिन्दगीमा कहिल्यै पनि भएन,
झुठ अनि ठगी गर्न मन कहिल्यै गएन ।
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४५ मा प्रकाशित






























