back
CTIZAN AD

दस टुक्का कविताहरू

वि.सं.२०७८ फागुन २१ शनिवार

1.1K 

shares

सहयात्री शोभा अर्याल, बुटवल, रुपन्देही


आमा तिम्रो पीडा देखेर आत्तियो यो मन,
सधैं दुःख तिमीलाई हामी भयौ निर्धन ।

मनको पीडा पोखौँ भन्छु केही नै शब्द फुरेन,
आँसु आँसु भयो जीवन सुख कहिल्यै जुरेन ।

आमा र बाबाको मन भित्र माया मामता छ कति
अलि ठुला भए पछि बिग्रियो छोराछोरीको मति ।

आँसु पुछ हाँसो ल्याउ बुझिदेउ मर्म
बृद्धबृद्धाको सेवानै हो मानव धर्म ।

दुःख सहन नसकी रोयो धेरै मन
बिदेशीयो कमाउँछु भनि केही धन ।

दया धर्मले बन्नु सधैँ दीनदुखीको सहारा,
जन्मियौ धर्तिमा केही त हुन्छ तिम्रो अभिभारा ।

पराइघर गए देखि रोकिएन यो आँसु
गरिखान गार्हाे भयो किचकिचे छिन सासू ।

जिन्दगी भरी दुःख सुखमा दिन्छु भन्थ्यौ सहारा,
अहिले देखायौँ तिमीले अनेकौं थरीका पारा ।

कुरेकी छु माया साँची विश्वासको भरमा
छिट्टै आउ परदेशी लिई जाउ घरमा ।
१०
सोंचे जस्तो जिन्दगीमा कहिल्यै पनि भएन,
झुठ अनि ठगी गर्न मन कहिल्यै गएन ।

 

वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...