२०६२/०६३ सालको आन्दोलनको अन्तिम संघारमा काठमाडौंका सडकमा प्रमुख नारा थियो ‘अघि बढ प्रचण्ड, साथ दिन तयार छौं ।’ म भर्खरै विदेशबाट फर्किएर ऐक्यबद्धताका लागि फोटो खिच्न जुलुशमा जान्थे । ती नारामा उर्लेका आशा र विश्वासले मलाई समेत उद्धेलित बनाउथ्यो र सडकमा पुगेर स्वर थपिदिन्थे ।
हुन त प्रचण्ड कमरेडको नेतृत्वमा देशैभरी जनयुद्ध विस्तार हुने क्रममा मेरो गाउँ पाल्पा भैरवस्थान वरपर पनि अलिकति प्रभाव नपुगेको चाहीँ होइन । प्रगतिशील गीत र सबैलाई समान गराउने कम्युनिष्ट नारा र फैलदाेँ जनयुद्धका बीच म व्यक्तिगत बाध्यताले विदेश जानु परेको थियो । विदेशमा पनि नेपाली समाजमा संगठीत भएर त्यहाँको समाज र नेपालको राजनैतिक घटनाक्रम विस्तारै जान्ने मौका पाएकी थिए । ऐक्यबद्धता पत्रिकामार्फत् कमरेड प्रचण्डको साहसिक योजना र नेतृत्वले मलाई प्रभावित बनाएको पनि थियो । नेपालमा चरम विद्रोह भइरहँदा मलाई पनि आफ्नै देशमा फर्किएर सुख दुःख पसिना बगाउने रहर, जनआन्दोलनमा सहभागी हुने रहर र अरुको देशमा बसेर हुँदैन आफ्नै देश बनाउनु पर्छ भन्ने लाग्थ्यो ।
नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने काममा प्रचण्डले परिपक्व कार्यनीति लिने विश्वास अधिकांश नेपालीको थियो । तर, त्यो बिचमा गिरीजाप्रसादसँग दूरी बढाउनु, ६ दिने आन्दोलनबाट नाक समेत नजोगाइ बाहिरीनु, रुक्मागंत कटुवाल काण्डमा फस्नु, माओवादीभित्र द्धन्द्ध बढ्नु, जनयुद्धका संस्थापक नेताहरु मोहन वैद्य, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, नेत्रविक्रिम चन्द ‘विप्लव’ लगायत पार्टीबाट क्रमशः बाहिरीदै जानु, मातृका यादवदेखि गोपाल किराँती र विश्वभक्त दुलाल ‘आहुती’ हरु पार्टीबाट बाहिरीनु (यद्यपी मातृका, देव गुरुङ र पम्फा भुसालहरु अहिले प्रचण्डसँगै हुनुहन्छ) जस्ता घटनाक्रम मैले देखेँ ।
फर्किए पछिका मेरा दिन ऐक्यबद्धतामा निरन्तर रहेको पनि झण्डै १६ वर्ष पुग्न थालेको छ । १२ वर्षमा खोला फर्कन्छ भने झैँ मेरो यो समयमा ‘सवाखोला’ फर्कनुपर्ने हो । तर, अहिले सातखोला फर्केजस्तो भएको छ । नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने काममा प्रचण्डले परिपक्व कार्यनीति लिने विश्वास अधिकांश नेपालीको थियो । तर, त्यो बिचमा गिरीजाप्रसादसँग दूरी बढाउनु, ६ दिने आन्दोलनबाट नाक समेत नजोगाइ बाहिरीनु, रुक्मागंत कटुवाल काण्डमा फस्नु, माओवादीभित्र द्धन्द्ध बढ्नु, जनयुद्धका संस्थापक नेताहरु मोहन वैद्य, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, नेत्रविक्रिम चन्द ‘विप्लव’ लगायत पार्टीबाट क्रमशः बाहिरीदै जानु, मातृका यादवदेखि गोपाल किराँती र विश्वभक्त दुलाल ‘आहुती’ हरु पार्टीबाट बाहिरीनु (यद्यपी मातृका, देव गुरुङ र पम्फा भुसालहरु अहिले प्रचण्डसँगै हुनुहन्छ) जस्ता घटनाक्रम मैले देखेँ ।
माओवादी कार्यकर्ताको रुपमा संगठीत नभएका कारण मैँले सो पार्टीका धेरै आन्तरिक प्रकरणहरुको प्रत्यक्ष अनुभूति गरेको छैन । तर, संबद्ध नेता तथा कार्यकर्ताहरुको अभिव्यक्ति, कतिपय निकटता र संजालमा आइपुगेका विषवस्तुको अध्ययन गर्दा माओवादी आन्दोलनमा जटिल र संक्रमणकारी रोग भित्रिएको छ भन्ने सहजै अनुमान गर्न सक्थेँ । हामी विदेश बस्दा वा नेपाल आउँदा पनि प्रचण्ड र जनयुद्धलाई आतंककारी ठहर गर्ने वा दुःख दिनेसम्मको प्रवृत्ति बोकेका मानिसहरु हुल बनाउँदै प्रचण्डसँग एकता गर्दै नेतृत्वमा पुग्ने गरेको दृश्य पनि नजिकबाट देख्थ्यौं । माओवादीमा पसेर आठ/दश वर्षमै सम्पत्तिमा तरक्की मच्याउनेहरुको संख्या पनि देख्यौं । हिजो प्रचण्डसँगै जनयुद्ध लडेका वा त्योभन्दा पहिले पनि विचार निर्माणमा साथ दिएका कतिपयले प्रचण्ड छाडेको, पार्टीमा न्याय नभएर निश्क्रिय बसेको र पछिल्लो कालमा अरुको ढडीयामा फसेका घटनाक्रम हेर्दै र देख्दै पनि आएका छौं ।
वास्तवमा प्रचण्ड गणतन्त्र नेपालका सुत्राधार हुन । यहाँसम्म आइपुग्दा हजारौंको बलिदानी र लाखौंको सक्रियता मिसिएको छ । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संवैधानिक रुपले लिपिबद्ध गर्न निकै मेहनत गरेकै हुन् भन्ने कुरामा कसैको दुईमत छैन तर, त्यस्तो राजनैतिक नेतृत्व वारम्बार विवादमा किन पर्छन् भन्ने कुरो महत्वका साथ अध्ययन गरिनु पर्दछ । जनयुद्धकालदेखि शान्तिवार्ता र संविधान निर्माणसम्म आत्मीय साथ दिने नारायणकाजी श्रेष्ठसमेत प्रचण्डसँग विच्किनु पर्ने स्थिति घरी–घरी किन आइपरेको छ ? यस्ता प्रश्न र जिज्ञासाहरु पनि उठिरहेका छन् । नेतृत्व भनेकै जसअपजस मुख्यतः अपजस निल्न सक्ने पात्र हो । प्रचण्डले यस्तो विशेषता देखाएका पनि छन् र क्षमता पनि राख्छन् भन्ने विश्वासका साथ म जस्ता गैरसदस्य शुभचिन्तकले यो टिप्पणीको प्रयास गरेको मात्र हो ।
विचार निर्माणकालदेखि जनयुद्ध र अहिलेसम्म आउँदा अविचलित प्रचण्डलाई साथ दिने सक्षम, योग्य र सक्रिय पात्रहरु माओवादीभित्र निरन्तर पेलाइमा परेको देखिन्छ । वर्ष–वर्षमा पार्टी नचाहार्ने र प्रचण्डमै रुपान्तरण खोज्ने माओवादीभित्रका पुराना नेता कार्यकर्ताहरु ओझेलको हदमा पुगेर अतासिएका दृश्य बढ्नुले प्रचण्डलाई घेराबन्दी की प्रचण्डको घेराबन्दी ? भन्ने प्रश्न ज्वलन्त बनेको छ ।
प्रचण्डले जति राम्रा काम गर्दा पनि राम्रो नमान्नेहरु छन्, प्रचण्डलाई असजिलो पर्दा तर्कसहित उनलाई साथदिने मानिसको संख्या घट्दै गइरहेको छ । केही यस्ता पात्र छन् जस्ले उनलाई देवत्वकरण गरेर बदनाम पनि बनाइ हाल्छन् । एमसीसीको व्याख्यात्मक पहिरन गराउँदा उनको पक्षमा छोरी ज्वाइँले पहिलो मुख खोले । यस अर्थमा उनका छोरी ज्वाँइ केन्द्रीय समिति, स्थायी समिति वा भविष्यका पदाधिकारीको लाइनमा हुनुपर्छ भनेर उरन्ठ्याउलो लेख्नेहरु पनि भेटिएका छन् भने कसैले जीवन आचार्यका ठाउँमा सागर केसीलाई प्रस्ताव गरेको भए कति बढिया हुँदो हो भन्नेहरु पनि छन ।
प्रचण्डले पार्टी एकता वा टीका लगाएर प्रवेश गराउँदै मन्त्री र राजनीतिक नियुक्ति दिएका केही पात्रहरु, विभिन्न स्वार्थ समुह वा अन्य दवावका कारण प्रचण्डले राजदूत बनाएका अधिकांश पात्रहरु र पार्टी संगठनको महत्वपूर्णं जिम्मा पाएका केही नेताहरुबाट प्रचण्डले नराम्रो गरी धोका खाएको हामीले बाहिरबाट पनि देखेका छौ । विचार निर्माणकालदेखि जनयुद्ध र अहिलेसम्म आउँदा अविचलित प्रचण्डलाई साथ दिने सक्षम, योग्य र सक्रिय पात्रहरु अहिले ती सबै तिता अनुभवलाई एकसाथ पचाउन बाध्य बनेका छन् । वर्ष–वर्षमा पार्टी नचाहार्ने र प्रचण्डमै रुपान्तरण खोज्ने माओवादीभित्रका पुराना नेता कार्यकर्ताहरु ओझेलको हदमा पुगेर अतासिएका दृश्य बढ्नुले प्रचण्डलाई घेराबन्दी की प्रचण्डको घेराबन्दी ? भन्ने प्रश्न ज्वलन्त बनेको छ ।
कतिपय मानिसहरु भन्छन्, जे जति नराम्रा काम भएका छन् ति सबै प्रचण्डबाट भएका होइनन् । उनलाई व्यवसायीक स्वार्थ समूहको घेराबन्दिले आलोचित र विवादित बनाइरहेको छ । कतिपय भन्छन्, ‘एक दुई पटक पो अरुले जस्केलाबाट प्रभावित गर्न सक्छन् ।’ लगातार र प्रायः महत्वपूर्ण घटनामा प्रचण्ड पर्नुलाई अरुको घेराबन्दी भन्दा आफ्नै नियोजित योजना हो कि ? प्रचण्डका गतिशिलता सक्रियता र उद्देलनामा देखा परेका प्वाल टाल्न वा रफु भर्न केही नेताहरुले नियमित प्रयास पनि गर्दै आएका हुन् । प्रचण्डको हिजोको योगदानमाथि लगाउन खोजिएको दागहरु मेट्न प्रचण्डले पटक–पटक स्वरुपान्तरणको विषय पनि जोडदार उठाएका छन् । उनको नेतृत्वमा भएको पछिल्लो आठौं महाधिवेशनमा पनि उनले विधि, नीति र पद्धति अनुसरण गर्न तथा आफैबाट रुपान्तरण गर्र्नेमा जोड दिएको कुरा बाहिर आएको थियो ।
कतिपय मानिसहरु भन्छन्, जे जति नराम्रा काम भएका छन् ति सबै प्रचण्डबाट भएका होइनन् । उनलाई व्यवसायीक स्वार्थ समूहको घेराबन्दिले आलोचित र विवादित बनाइरहेको छ । कतिपय भन्छन्, ‘एक दुई पटक पो अरुले जस्केलाबाट प्रभावित गर्न सक्छन् ।’ लगातार र प्रायः महत्वपूर्ण घटनामा प्रचण्ड पर्नुलाई अरुको घेराबन्दी भन्दा आफ्नै नियोजित योजना हो कि ? प्रचण्डका गतिशिलता सक्रियता र उद्देलनामा देखा परेका प्वाल टाल्न वा रफु भर्न केही नेताहरुले नियमित प्रयास पनि गर्दै आएका हुन् ।
तर, नोकरशाही ढंगले, विधि नपुर्याइनु एमसीसीको व्याख्यात्मक घोषणाबाट राष्ट्रलाई हानी पु¥याइको भन्दै उनका ३ वरिष्ठ सहयात्री (कृष्णबहादुर महरा, लीलामणी पोखरेल, देव गुरुङ)ले फेरि प्रश्न कसेका छन् । उपराष्ट्रपतिको सल्लाहकार बनाइएका कान्छा ज्वाइँ (जस्को राजनीतिक इतिहास र योगदान अरुको तुलनामा कमी छ) को केन्द्रीय सदस्य बनाउने प्रस्तावका बारेमा संजाल फेरि प्रचण्डसँग चिढिएको छ । उनका ठाउमा जेठा ज्वाइँ सागर केसी बरु राजनैतिक थिए भन्ने प्रतिक्रिया आएका छन । प्रचण्डलाई बारम्बार यस्तो बाध्यता कहाँबाट आइलाग्छ कुन्नी ? भनेर प्रश्न उठेका छन ।
महसुस सम्प्रेषण गर्ने बेलामा प्रचण्डले गर्ने गरेका बाचा कबोल कार्यान्वयनमा आउन सके, सो पार्टीभित्र न्याय र विवेकको सफ्टवेयर चालु गराउन सके अझै पनि उनको पार्टी अब्बल हुनेमा शंका छैन । तर, उनले सामना गर्ने घेराबन्दिका फण्डाहरु अन्तर मनदेखि नै खुट्याउन जरुरी छ ।
वि.सं.२०७८ फागुन २४ मंगलवार १४:२८ मा प्रकाशित






























