ओस्लो । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ।
“मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ ।’ शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । हो । एएफपी
वि.सं.२०७८ फागुन २४ मंगलवार २०:४६ मा प्रकाशित






























