back

एनआरएनए पोल्याण्डले भन्यो–सरकारबाटै हामीमाथि कुठाराघात भयो

वि.सं.२०७८ फागुन २५ बुधवार

21 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डले सरकारबाटै आफुहरुमाथि कुठाराघात भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

युक्रेन–रसियाको द्धन्द्धमा फसेका नेपालीहरुको उद्धारका लागि आफ्ुहरुले जर्मनीमा रहेको नेपाली दूतावासको समन्वयमा १५ जनालाई विशेष पहल गरेर सुरक्षित रुपमा पोल्याण्ड ल्याउन सफल भएको तथा उद्धार गरिएका २९८ जना भन्दा बढी नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको, युक्रेनबाट विस्थापित भएका नेपालीहरुलाई सहयोग गर्न टास्कफोर्सनै गठन गरेर उद्धार कार्यमा लागेकोमा सरकारले आफुहरुको कामको कुनै मूल्यांकन नगरेको भन्दै दुःख व्यक्त गरेको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर युक्रेनमा अलपत्र नेपालीको भारत लगायतका देशले उद्धार गरी पोल्याण्ड लगायत सुरक्षित स्थान्तरण गरिएको भन्ने भनाई आफैमा प्रमाण बिहिन, हास्यास्पद र लज्जाबोध भरिएको टिप्पणी संघले गरेको छ ।

‘साथै युक्रेनमा अलपत्र नेपालीको उत्थमानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली संस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविस्वास पैदा गर्न लागि परेको भान हामीलाई भएको छ,’ एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी र महासचिव पवन खड्काद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघ पोल्याण्डको अथक प्रयासलाई नजर अन्दाज र अविस्वास गरिएको यो भनाईमा कडा आपत्ति जनाउँदछौं ।’

त्यसैगरी संघले अहिले पनि युक्रेनबाट उद्धार गरिएका १०० जना भन्दा बढी नेपालीहरु आफ्हरुको व्यवस्थापनमा रहेको बताउँदै आफ्नो श्रोत र साधनले भ्याएसम्म मानविय सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

स्मरण रहोस्, एनआरएनएका अध्यक्ष कुमार पन्त लगायतको टिम पोल्याण्ड र युक्रेनको सीमामै पुगेर नेपालीहरुको उद्धारमा लागेका थिए ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका छन् ।
युक्रेन युद्धबाट बिस्थापितभै बिभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर लागेका पनि बताइएको छ ।

May be an image of text

रुस–युक्रेन द्वन्द्व : ५६२ नेपालीहरु सुरक्षित स्थानमा

वि.सं.२०७८ फागुन २५ बुधवार ०८:५५ मा प्रकाशित

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...