back
CTIZAN AD

एनआरएनए पोल्याण्डले भन्यो–सरकारबाटै हामीमाथि कुठाराघात भयो

वि.सं.२०७८ फागुन २५ बुधवार

1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डले सरकारबाटै आफुहरुमाथि कुठाराघात भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

युक्रेन–रसियाको द्धन्द्धमा फसेका नेपालीहरुको उद्धारका लागि आफ्ुहरुले जर्मनीमा रहेको नेपाली दूतावासको समन्वयमा १५ जनालाई विशेष पहल गरेर सुरक्षित रुपमा पोल्याण्ड ल्याउन सफल भएको तथा उद्धार गरिएका २९८ जना भन्दा बढी नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको, युक्रेनबाट विस्थापित भएका नेपालीहरुलाई सहयोग गर्न टास्कफोर्सनै गठन गरेर उद्धार कार्यमा लागेकोमा सरकारले आफुहरुको कामको कुनै मूल्यांकन नगरेको भन्दै दुःख व्यक्त गरेको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर युक्रेनमा अलपत्र नेपालीको भारत लगायतका देशले उद्धार गरी पोल्याण्ड लगायत सुरक्षित स्थान्तरण गरिएको भन्ने भनाई आफैमा प्रमाण बिहिन, हास्यास्पद र लज्जाबोध भरिएको टिप्पणी संघले गरेको छ ।

‘साथै युक्रेनमा अलपत्र नेपालीको उत्थमानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली संस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविस्वास पैदा गर्न लागि परेको भान हामीलाई भएको छ,’ एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी र महासचिव पवन खड्काद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघ पोल्याण्डको अथक प्रयासलाई नजर अन्दाज र अविस्वास गरिएको यो भनाईमा कडा आपत्ति जनाउँदछौं ।’

त्यसैगरी संघले अहिले पनि युक्रेनबाट उद्धार गरिएका १०० जना भन्दा बढी नेपालीहरु आफ्हरुको व्यवस्थापनमा रहेको बताउँदै आफ्नो श्रोत र साधनले भ्याएसम्म मानविय सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

स्मरण रहोस्, एनआरएनएका अध्यक्ष कुमार पन्त लगायतको टिम पोल्याण्ड र युक्रेनको सीमामै पुगेर नेपालीहरुको उद्धारमा लागेका थिए ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका छन् ।
युक्रेन युद्धबाट बिस्थापितभै बिभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर लागेका पनि बताइएको छ ।

May be an image of text

रुस–युक्रेन द्वन्द्व : ५६२ नेपालीहरु सुरक्षित स्थानमा

वि.सं.२०७८ फागुन २५ बुधवार ०८:५५ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...