back
CTIZAN AD

अन्ततः झुके जेलेन्स्की, रुसका सबै मागमा सम्झौता गर्न सहमत

वि.सं.२०७८ फागुन २५ बुधवार

978 

shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन अब नेटोको सदस्य राष्ट्र नहुने बताएका छन् । उनी स्वघोषित क्षेत्र (डोनेट्स्क र लुहान्स्क) को विषयमा पनि सहमति गर्न तयार भएका छन् ।

जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेनमाथि आक्रमण सुरु हुनु अघि स्वतन्त्र राज्यको घोषणा गर्दै मान्यता दिने निर्णय गराएका थिए । यी नै रुस र युक्रेनबीचको युद्धको मूल कारण मानिन्छन् । रुसलाई शान्त पार्ने उद्देश्यले जेलेन्स्कीले यस्तो निर्णय लिएका हुन् ।

मिडिया रिपोर्टका अनुसार जेलेन्स्कीले नेटोको सदस्यता पनि नलिने घोषणा गरेका छन् । क्षेत्रीय राजनीतिको मागअनुसार नेटोको सदस्यता लिन आवश्यक नभएको उनले भनेका छन् ।

नेटोमा आवद्ध हुने निर्णयसँगै रुस बेखुसी

रुसले छिमेकी युक्रेन नाटोमा सामेल नहोस् भन्ने चाहना राखेको छ । रसियाले नाटो विस्तारलाई खतराको रूपमा हेरेको छ । रसियाले पूर्व सोभियत संघबाट विभाजित भएका वा रुसको छिमेकी देशहरु नेटोमा आवद्ध हुन नपाइने भनिरहेको छ ।

दुवै क्षेत्रलाई राज्य मान्न तयार

युक्रेनमा आक्रमणको आदेश दिएर विश्वलाई चकित पार्ने केही समय अघि, पुटिनले पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र घोषणा गरे। अब पुटिन युक्रेनले ती दुवै राज्यलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिओस् भन्ने चाहन्छन्। यस सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । जलेन्स्कीको पछिल्लो घोषणालाई उक्त क्षेत्र शान्ति कायम हुने सम्भावनाको रुपमा बुझिएको छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार ११:५१ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...