back
CTIZAN AD

८४ हजार लिटर पानी प्रयोग गरेर पनि आगो नियन्त्रण गर्न असफल, नाक्चुङ बस्ती जोखिममा

वि.सं.२०७८ फागुन २५ बुधवार

954 

shares

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए ।

डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए । तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्निनियन्त्रक सिम्रीक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्ष शेर्पाले बताए ।

आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ । मङ्गलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले आज पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ । डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको पालिकाले जनाएको छ । अत्यधिक भिरालो र तीव्र बेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयाससमेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताए ।

धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के–कति क्षति भयो एकिन गर्न कठिन भएको बताइएको छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार ११:५९ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...