back
CTIZAN AD

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपतिकाे चाहना, ‘युद्धबाट चीन चिन्तित छ’

वि.सं.२०७८ फागुन २५ बुधवार

849 

shares

काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्‍याएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्धीपमा भएको युद्धबाट चीन चिन्तित रहेको बताएको’ चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संलग्न पक्षहरुको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स, जर्मनी र युरोपेली युनियनसँग सञ्चार र संयोजन गर्न र अन्तराष्ट्रिय समुदायसँग सक्रिय ढंगले काम गर्नेछ,’ मन्त्रालयले भनेको छ ।

संकटको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । विदेशमन्त्रालयका अनुसार शान्ति वार्ता प्रबद्र्धन गर्न दुई देशले बेइजिङसँग सञ्चार र संयोजन सुदृढ गर्न दुबै देश तयार रहेको सोल्ज र म्याँक्रोले बताएका छन् । एजेन्सीबाट

वि.सं.२०७८ फागुन २५ बुधवार १३:४२ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...