back
CTIZAN AD

महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी

वि.सं.२०७८ फागुन २५ बुधवार

849 

shares

कञ्चनपुर । जिल्लामा महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुनसकेको छैन । पुरुष प्रधान समाजको प्रभुत्व अझै कायम रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेका हुन् । महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी रहेको छ । घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिला अधिकारबाट बञ्चित हुनुपरेको छ ।

“बच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा मार्ने कार्यमात्रै महिलालाई सीमित राखिएको छ”, सामाजिक अगुवा कमला ऐरले भनिन, “महिला–पुरुष बराबरी भन्ने गरिन्छ, महिलालाई घरको चार दिवारीमा राख्ने कार्यले बाराबरीको हक कायम हँुदैन ।”

महिलालाई राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा संलग्न गराउनु आवश्यक रहेको उनले बताइन । महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने कुरा देखाउनका लागि महिलाले पनि अधिकारका लागि अघि सर्नुपर्ने अनिता नेपाली बताउछिन् ।

“स्थानीय तहको चुनावको घोषणा भएको छ”, उनले भनिन्, “वडा सदस्यमा मात्रै महिलालाई सीमित राख्नु हुँदैन, वडाध्यक्षसँगै पालिकाको उपप्रमुख, प्रमुखको जिम्मेवारी महिलालाई दिनुपर्छ, जिम्मेवारी दिएपछि मात्रै महिला सामथ्र्यको कुरा गर्न सकिन्छ, वडा सदस्यमै महिलालाई सीमित राखिँदा विगतमा पुरुष जनप्रतिधिमा म भन्ने प्रवृत्ति हाबी हुँदा महिलाको आवाज सुनिएन, निर्णय गर्ने कुरामा पुरुष नै हाबी भए, बजेट आफूखुसी विनियोजन गरियो, गएका पाँच वर्ष यत्तिकै बिते”, शुक्लाफाँटा नगरपालिका–११ का वडा सदस्य विष्नादेवी लुहारले भनिन् ।

अधिकारकर्मी चक्र विक भने विगतको तुलनामा २०६२÷६३ को राजनीतिक परिवर्तनपछि भएको स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व ४२ प्रतिशत रहेको बताउछन् । “विगतको तुलनामा राजनीतिक परिवर्तनपछि महिलाको प्रतिनिधित्व बढेको छ”, उनले भने, “वडा सदस्यमै महिलालाई सीमित राखिँदा असन्तुष्टि छ, यसलाई सम्बोधन गर्न राजनीतिक दलहरूले महिला प्रतिनित्वलाई बढाउनु जरुरी छ ।”

सम्पत्तिमा पुरुषजस्तै महिलाको स्वामित्व स्थापित भए पुरुषको प्रभुत्वलाई कम गर्न सकिने उनको बुझाइ छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर देशलाई समृद्ध पार्ने कार्यमा नारीको अहम् भूमिका रहेको बताउछन् । उनले भन्छन् “विकासको मूलधारमा नारीलाई ल्याउन नसक्दा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा फड्को मार्न सकिँदैन, समाज रुपान्तरणका लागि नारीको सशक्त भूमिका छ, नारीलाई अधिकारसम्पन्न नबनाउँदासम्म समाज अगाडि बढ्न सक्दैन ।”

पूर्व संविधानसभा सदस्य हरि श्रीपाइलीले विगतको माओवादी आन्दोलनको उपलब्धिअनुसार भएको राजनीतिक परिवर्तनले महिलाले अधिकार पाएको बताए । “राजनीतिक परिवर्तनपश्चात बनेको नयाँ संविधानअनुसार महिलाले विगतको तुलनामा निकै अधिकार पाएका छन्, संविधानकै प्रावधानअनुसार महिला न्यायाधीश भए, महिला राष्ट्रपति भएका छन”, उनले भने ।

महिला सहभागिता बढ्नुमा राजनीतिक परिवर्तबाटै सम्भव भएकाले संविधानका प्रावधानलाई अक्षरसः पालना भए महिला अधिकारसम्पन्न हुन्छ, त्यसका लागि कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्ने उनले उल्लेख गरे । सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्वीटर, टिकटकलगायतको बढ्दो दुरुपयोगप्रति भने पूर्व संविधानसभा सदस्य श्रीपाइली चिन्तित छन् । सामाजिक सञ्जालको गलत दुरुपयोगले कयौँका घरबार बिग्रेका छन् । त्यसैले राम्रा कामका लागि मात्रै सामाजिक सञ्जालको प्रयोग गर्न उनले सल्लाह दिन्छन् ।

 

वि.सं.२०७८ फागुन २५ बुधवार १३:२१ मा प्रकाशित

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...