back
CTIZAN AD

पुटिनलाई जेलेन्स्की पत्नीकाे खुल्ला पत्र – यूक्रेनी जनताले हार मानेर हतियार छाड्ने छैनन्

वि.सं.२०७८ फागुन २५ बुधवार

858 

shares

काठमाडौं । युक्रेनकी प्रथम महिला, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेकी छन्। ओलेनाले एक खुला पत्र सार्वजनिक गर्दै पुटिनले युक्रेनका निर्दोष नागरिकको नरसंहार गरेको आरोप लगाएकी छिन् ।

ओलेनाले आफ्नो खुला पत्रलाई ‘युक्रेनीको गवाही’ नाम दिएकी छन्। त्यसमा प्रथम महिलाले भनिन्, “युक्रेनका जनताले कहिल्यै हार मान्दैनन्, हतियार हाल्ने छैनन्।’

“युक्रेनबाट मेरो साँक्षी पत्र” भन्दै लेखिएको खुला पत्रमा उनले विश्वभरका मिडियालाई सम्बोधन गरेकी छिन् । यो सन्देश सेवा टेलिग्राममा जारी गरिएको थियो ।

पत्रमा, ओलेनाले “विशेष अपरेशन” भन्दै युक्रेनी नागरिकहरूको नरसंहार भएको बताएकी छिन् । उनले रुसी राष्ट्रपति पुटिनले युक्रेनका कमजोर भने पनि आफुँहरु एकताबद्ध भएको बताएकी छिन् ।

युद्धमा बालबालिकाको मृत्युको निन्दा गर्दै, ओलेनाले मृत्यु भएका मध्ये केहीको नाम लेखेकी छिन् ।

राष्ट्रपति जेलेन्स्कीकी श्रीमती अहिले कहाँ छिन्, त्यो भने खुलाइएको छैन । गत सप्ताहन्तमा उनले आफ्नो परिवार अझै युक्रेनमै रहेको बताएका थिए ।

ओलेनाले यो पत्र किन लेखिरहेकी छिन् भनेर पनि बताएकी छन् । ओलेनाले लेखिन् कि रूसी आक्रमणको सबैभन्दा भयानक र विनाशकारी परिणाम बालबालिकाको मृत्यु थियो। आठ वर्षीया एलिस ओक्टिरकाको सडकमा हजुरबुबाको अगाडि मृत्यु भयो। त्यसैगरी बम विष्फोटमा किभकी पोलिना आफ्ना आमाबुवासहित मारिएकी थिइन् । १४ वर्षीया आर्सेनीको टाउकोमा बमको छर्रा लागेको थियो । क्षेत्रमा लागेको भीषण आगलागीका कारण समयमै एम्बुलेन्स पुग्न नसक्दा उनलाई बचाउन सकिएन ।

ओलेनाले रुसले यूक्रेनविरुद्व नभई यूक्रेनी नागरिकविरुद्ध युद्ध गरेको बताएकी छिन् । उनले पत्रमा रुसी आक्रमणबाट मारिने बालिकहरुको नाम समेटेकी छिन् ।

सम्बन्धित समाचार

अन्ततः झुके जेलेन्स्की, रुसका सबै मागमा सम्झौता गर्न सहमत

कीभमाथि हवाई हमलाको तयारीमा रुस, नागरिकलाई बंकरमा जान गरियो अपिल

जेलेन्स्कीको घोषणापछि रुसद्वारा युद्धविराम

वि.सं.२०७८ फागुन २५ बुधवार १३:१४ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...