back
CTIZAN AD

जेलेन्स्कीको घोषणापछि रुसद्वारा युद्धविराम

वि.सं.२०७८ फागुन २५ बुधवार

735 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न भन्दै बुधबार तेस्रो पटक युद्धविरामको घोषणा गरेको छ ।

मिडिया रिपोर्टअनुसार कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। नतोकिएका क्षेत्रमा भने रुसले सैन्य कारबाही जारी राख्ने बताइएको छ ।

यसैबीच, राजधानी कीभमाथि हवाई हमलाको त्रास फैलिएको छ । रुसले युद्धबिरामको घोषणा गरेको भएपनि हवाई हमला हुनसक्ने भन्दै नागरिकलाई सुरक्षित रहन अपिल गरिएको छ ।

कतिपय सञ्चार माध्यमले रुसको युद्धबिराम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौता गर्न तयार रहेको घोषणा पछि आएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले रुसका सबै मागलाई सम्बोधन गर्न तयार रहेको घोषणा गरेका थिए ।

२० लाखले छाडे यूक्रेन

रुसले आक्रमण गरे यता यूक्रेनबाट २० लाख मानिस विस्थापित भएका छन् । सेभ द चिल्ड्रेनको रिपोर्टअनुसार लाख मानिसले युक्रेन छाडेका हुन् । जसमा ८ लाख बालबालिका पनि रहेको बताइएको छ । त्यहाँ धेरै बच्चाहरू पनि छन् जो आमाबाबु बिना युक्रेन छोड्न बाध्य भएका थिए।

यसैबीच छिमेकी मुलुकमा शरणार्थी संकट बढेको छ । मानिसहरू रोमानिया, पोल्याण्ड, मोल्डोभा, स्लोभाकिया, हंगेरी र बेलारुसमा शरण लिइरहेका छन्। यी मानिसहरूलाई व्यवस्थापन गर्न कठिन भएको मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् ।

एकातिर अमेरिकाले राज्यमा आउने युक्रेनीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टेटस’ दिने निर्णय गरेको छ । अर्कोतर्फ बेलायत जानका लागि मानिसहरुलाई समस्या भइरहेको छ ।

सम्बन्धित समाचार

अन्ततः झुके जेलेन्स्की, रुसका सबै मागमा सम्झौता गर्न सहमत

कीभमाथि हवाई हमलाको तयारीमा रुस, नागरिकलाई बंकरमा जान गरियो अपिल

वि.सं.२०७८ फागुन २५ बुधवार १२:४३ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...