back
CTIZAN AD

महिलाहरुले संवैधानिक अधिकार मागेर होइन खोसेर लिनुपर्छ

वि.सं.२०७८ फागुन २५ बुधवार

714 

shares

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्राप्त उपलब्धिको रक्षा गर्दै महिलाहरू निर्णायक तहमा पुग्नुपर्ने बताएकी छिन् ।

कास्कीको रुपा गाउँपालिकाद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरका आयोजित अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै उनले महिलाहरू नेतृत्व विकाससँगै उद्यमशील बन्नुपर्ने बताइन ।

संवैधानिक अधिकार मागेर होइन खोसेर लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकताबद्ध भएर समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता आँैल्याइन । आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भनिने, “पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो छ ।”

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरी जवाफ प्रतियोगितामा दिगो आमा समूह प्रथम, भिरकोट आमा समूह द्वितीय, भित्रीगाउँ हातेमालो आमा समूह तृतीय र नवदुर्गा आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कूल २१ समूहको सहभागिता रहेको प्रतियोगिताका विजयीले क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागी प्रत्येक टोलीलाई रु दुई हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

वि.सं.२०७८ फागुन २५ बुधवार १२:२५ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...