back
CTIZAN AD

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

वि.सं.२०७८ फागुन २५ बुधवार

690 

shares

२५ फागुन । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताएका छन । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएका छन । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पु¥याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार १३:५४ मा प्रकाशित

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...