Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दाइकि साली खोज्दै टोली लस भेगासमा



hamro-dai-ko-sali

नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई यतिबेला हाम्री दाई कि साली अलि अलि कालीको छायॉकनका लागी लस भेगासमा आइपुगेका छन । लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेको छ । यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ । श्याम भन्छन ,मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । मेरा दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ, भिडियो मेकिङको बारेमा अगाडि थप्छन हामीले यस म्युजिक भिडियोमा केहि नयॉ मात्र हैन राम्रा लोकेसनमा छायॉकन गरिरहेका छौ ।

त्यसैले पनी यो भिडियो अरु भिडियो भन्दा फरक पाउनु हुनेछ उनि भन्छन । “हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईटेल साथै गोविन्द सापकोटा सुमन सिवाकोटीका साथै निर्देशक भट्टराई लाई पनि देख्न सकीने छ ।  यस्लाई क्यामरामा कैद गर्ने काम शंकरराज वाग्लेले गरेका हुन साथै शरण सेठ्ठिले क्यामरा सहायकमा सहयोग गरेका छन । केहि समय देखी अमेरीकामा बस्दै आउनु भएका निर्देशक भट्टराई नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको र केहि महिना भित्रै छायॉकन कार्य थाल्ने जानकारी दिए ।