back
CTIZAN AD

भारतका नेपालीको प्रश्न–हाम्रो नोट चल्ने भोट किन नचल्ने ?

वि.सं.२०७८ फागुन ३० सोमवार

735 

shares

काठमाडौं । अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठक मार्च १२–१३ मा मध्यप्रदेशको भोपालमा सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतमा र महासचिब चक्र बहादुर मलातीको संचालन रहेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जेबी रसालीले स्वागत मन्तव्य राखेका थिए ।

ने.क.पा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा प्रवाश समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रवाश समन्वय समिति सचिब टीबी पाठक, अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीको बिषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले संविधान कुनै दल र नेताहरूको हितलाई हेरेर बनेको नभइ देश र जनताका लागि बनेको बताउँदै पार्टीहरू नरहन सक्छन्, टुटफुट हुन सक्छन् तर संविधान र ऐनकानून रही रहन्छ, रहिरहनुपर्ने बताए ।
शर्माले भारत प्रवाशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नजदिक आइरहेको निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गराउनका लागि स्वदेश फर्किएर प्रचार–प्रसार अभियानलाई तिब्र बनाउन अनुरोध गदै प्रतिबद्ध भएर आ–आफ्नो क्षेत्रमा खटिन अनुरोध समेत गरेका थिए ।

‘नेपाली जनताले माओवादी पार्टीमाथि विश्वास गरेका छन् । हामीले निर्वाचन हारे लोकतन्त्र पनि हार्छ । त्यसैले निर्वाचनको लडाइँ जित्नैपर्ने बाध्यता छ । इतिहासको नायक भएर एकपटक फेरि प्रचण्ड खडा हुने यो अवसर हो ।’ शर्माले भने ।

सोहि कार्यक्रममा प्रवास समन्वय समिति सचिब टीबी पाठकले बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा लैजान नसकिने बताए । पाठकले लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरु माओवादीकै कारण भएको भन्दै अब समाजवादी यात्राको कोर्सबाट भाग्न नहुने बताए । उनले आठौँ महाधिवेशनले पार्टीलाई समाजवादको यात्रामा जाने बाटो तयार पारेको भन्दै उत्साही भएर अगाडि बढ्न सबैलाई आह्वान गरे ।

त्यस्तै अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीले संघीयता र गणतन्त्र हासिल गर्नका लागि प्रवासी नेपालीको पनि लामो त्याग, योगदान रहेको बताउँदै प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै दुःख व्यक्त गरे ।

‘प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन । ५६ प्रतिशत रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसकेको छ । ‘नेपाली जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ,’ उनले भने, ‘सर्वोच्चले २०७४ मा विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन दिएको आदेशलाई कार्यान्व्यनमा लैजानुपर्छ ।’

भारतका सबै राज्यबाट केन्द्रका नेताको उपस्थितिमा सभ्य, शानदार रुपमा सम्पन्न भएको थियो ।

मञ्चका उपमहासचिब आरबी खड्काबाट

 

वि.सं.२०७८ फागुन ३० सोमवार ११:२६ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...