१ चैत, काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्ड (critical care unit) को निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
आज आयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लि. का अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सिसियु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका हुन । उक्त सिसियु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंक लि. संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
वि.सं.२०७८ चैत १ मंगलवार १६:५७ मा प्रकाशित





























