back
CTIZAN AD

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

वि.सं.२०७८ चैत २ बुधवार

735 

shares

अबूधाबी, यूएई । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् ।

रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उनको यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी आइपुगेका छन् । उनी यतैबाट रियादपनि जानेछन् ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उनको भ्रमणका हुन लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा सामूहिक मृत्युदण्डमा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएका छन् ।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोगीको हत्या भएदेखि रियाद भ्रमण गर्ने केही पश्चिमी नेताहरूमध्ये एक बनेपछि जोन्सनले वास्तविक साउदी नेता राजकूमार मोहम्मद बिन सलमानलाई पनि भेट्नेछन् ।

खासोग्गीको हत्यामा साउदी अरबलाई ‘परिया’ राज्यको रूपमा व्यवहार गर्ने बताएको अमेरिकी प्रशासनको नेतृत्व गरेका राष्ट्रपति जो बाइडेन र राजकुमार मोहम्मदबीच बाइडेनले पद ग्रहण गरेदेखि औपचारिक सञ्चार भएको छैन ।

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड रयुक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्नेछन् । विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएईअहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निष्ठुर’ आक्रमणको प्रभाव यूरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताएका थिए । एएफपी

 

वि.सं.२०७८ चैत २ बुधवार २०:५५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...