back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत ५ शनिवार

705 

shares

‘इलामे जेठो’ शिव अधिकारी,लुम्बाक,इलाम


एक अर्काको विरुद्धमा, दल् बल् आएपछि ।
मुलुकमा यति विघ्न, खल् बल् आएपछि ।
निमुखाको न्याय हुन्छ ? भन्नोस् महासय,
कानुनको तराजु नै, ढल्पलाएपछि ।


सग्लोलाई फुटाएर, टुक्रा जोड्दा हुन्छ ?
दायाँ तिर गन्तब्य छ, बायाँ मोड्दा हुन्छ ?
यसै गर्दा गणतन्त्र, बच्ला महोदय ?
कानुन आफैं बनाउने, आफैं तोड्दा हुन्छ ?


बल् गर् साथी ! आउदैन, पालो खुस्केपछि ।
के काम छ र ?घण्टेसोको, रालो खुस्केपछि ।
कुरीकुरी छोप्न भन्दै, यसो लगाएको,
यत्रो आब्रक रहन्छ र, टालो खुस्केपछि ।


आत्मीयता सा¥है भए, कोही आँसु बगाउँछन् ।
परिवार र नातेदार, रोई आँसु बगाउँछन् ।
बाँचुञ्जेल सराप्नेले, बरा भनी टोपलेर,
मरेपछि देखावटी, गोही आँसु बगाउँछन् ।


वर्षौं भयो ताकेको, पाउन तिमीलाई ।
देवी द्यौता भाकेको, पाउन तिमीलाई ।
अब पनि किन ढिला ? साइत जुराउन,
निधो गर्न डाकेको,पाउन तिमीलाई ।

वि.सं.२०७८ चैत ५ शनिवार ०७:२१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...