back
CTIZAN AD

हाइकु

वि.सं.२०७८ चैत ५ शनिवार

681 

shares

बाबुराम न्यौपाने ‘उत्स’ दमक,झापा

१.
भव्य आकाश
चेतनाको तरङ्ग
दिव्य प्रकाश ।
२.
माता र पिता
धरती र आकाश
स्नेहको आभा ।
३.
प्रेम चुम्बन
हृदयको तरङ्ग
नदीको छाल ।
४.
जीवन प्यास
अतृप्त अनुराग
सुख्खा बगर ।
५.
शान्त हृदय
आनन्दको सागर
दिव्य रहर ।
६.
बुढो उमेर
पहेँलिएको पात
हुरीको यान ।
७.
यौवन वय
उमङ्गको उछाल
आँधीको कथा ।
८.
जिउँदो लास
सैतानको हृदय
पत्थर दिल ।
९.
मदिरालय
प्रेमको पिरामिड
प्रस्तर मूर्ति ।
१०.
जीवन बिम्ब
झरीको एकबुँद
अधुरो स्पर्श ।
११.
ईश दर्शन
हृदयको उज्यालो
स्वर्गको द्धार ।
१२.
महान् प्रतिभा
धरतीको प्रकाश
युगको माग ।

 

वि.सं.२०७८ चैत ५ शनिवार ०७:२० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...