back
CTIZAN AD

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न

वि.सं.२०७८ चैत ६ आइतवार

816 

shares

दोहा,कतार । नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार फागु पुर्णिण्मा, नयाँबर्ष र रमजानको शुभकामना आदानप्रदान सहित बृहत भनभोज एवं विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनप्रगतिशिल मञ्च कतारका पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार रमेश भट्टले संस्थाले सदैव मजदुरको पक्षमा काम गर्दै आएको बताए । भट्टले नेपाली जनप्रगतिशिल मञ्च बैचारिक संस्था भएपनि कतारमा मुख्यत सामाजिक काममा सक्रिय रहेको बताए । उनले आगामी दिनमा पनि एनआरएनए लगायत बैचारिक एवं सामाजिक संस्था सङ्ग समन्वय गर्दै मजदुरको हितमा काम गर्दै जाने बताए ।

No description available.

कार्यक्रममा प्रवासी नेपाली मञ्चका महासचिव प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अलि, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे, गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य बिमल सुवेदी , गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसीसी सदस्य एवं नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी
गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका महासचिव पदम गिरी, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम बकस मिया
गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ, झापाली समाज कतारका अध्यक्ष केशव कार्की लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य एवं राष्ट्रिय समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

No description available.

नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राज देवकोटाले र संचालन महासचिव माहमुद कार्कीले गरेका थिए ।

कार्यक्रममा दर्जनौं कलाकारको विभिन्न सास्कृतिक प्रस्तुति रहेको थियो भने कलाकारलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा संगठनमा आवद्ध पचास भन्दा बढीलाई नेपाली जनप्रगतिशिल मञ्च कतारका पुर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रमेश भट्ट र अध्यक्ष बुद्धि प्रसाद भन्डारीले अबिर र खादा ओढाएर स्वागत गरेका थिए ।

 

वि.सं.२०७८ चैत ६ आइतवार १५:११ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...