back
CTIZAN AD

पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन जेठ तेस्रो साता हुने

वि.सं.२०७८ चैत ६ आइतवार

765 

shares

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन जेठ तेस्रो साता हुने भएको छ । पर्वतारोहण सङ्घले एक विज्ञप्ती जारी गर्दै सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने जनाएको हो ।

सङ्घको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

उक्त आयोगमा अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् । साथै, सङ्घले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण सङ्घ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १६:५९ मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...