back

पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन जेठ तेस्रो साता हुने

वि.सं.२०७८ चैत ६ आइतवार

150 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन जेठ तेस्रो साता हुने भएको छ । पर्वतारोहण सङ्घले एक विज्ञप्ती जारी गर्दै सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने जनाएको हो ।

सङ्घको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

उक्त आयोगमा अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् । साथै, सङ्घले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण सङ्घ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १६:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

काठमाडाैं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको...

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल...

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटन सिकार आरक्ष आसपास होमस्टे सञ्चालन गरिने

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटन सिकार आरक्ष आसपास होमस्टे सञ्चालन गरिने

ढोरपाटन (बागलुङ) । पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस...

सगरमाथा आरोहीबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

सगरमाथा आरोहीबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५०...