back
CTIZAN AD

हावामा निर्माण गरियो सुनुवार सङ्ग्रहालय

वि.सं.२०७८ चैत ७ सोमवार

972 

shares

चरिकोट । सुनुवार समुदायको संस्कृति संरक्षणको लागि दोलखाको तामाकोशी गाउँपालिकामा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको तामाकोशी गाउँपालिका– ७ हावामा निर्माण गरिएको सङ्ग्रहालयको तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले उद्घाटन गरे ।

गाउँपालिकाको विभिन्न वडामा बसोबास गरेका सुनुवार समुदायको लोप हुन लागेको संस्कृतिको संरक्षण गर्न सो समुदायसँगको समन्वयमा सङ्ग्रहालयको स्थापना गरिएको पालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सङ्ग्रहालयले सुनुवारको संस्कृति संरक्षण मात्र नभइ सङ्ग्रहालयको अध्ययनका लागि विभिन्न ठाउँबाट पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । गाउँपालिकाको २७ लाख ६५ हजार लागतमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

सुनुवार सङ्ग्रहालयमा परापूर्वकालदेखि सुनुवारले प्रयोग गर्दै आएका विभिन्न सामग्री, वेषभूषा, बाजागाजालगायतका सामग्री संरक्षण गरेर राखिएको स्थानीयवासी नवीन सुनवारले बताए । दोलखाको तामाकोशी गाउँपालिकाको च्यामा हावालगायतको क्षेत्रमा बाक्लो मात्रामा सुनुवार समुदायको बसोबास रहेको छ । सङ्ग्रहालय निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता भुवानी सुनुवारलाई गाउँपालिकाले सम्मान गरेको छ ।

 

वि.सं.२०७८ चैत ७ सोमवार १४:१७ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको...