back
CTIZAN AD

निर्वाचन रोक्न पाटन उच्च अदालतको आदेश, होला त एनआरएनएमा सहमति ?

वि.सं.२०७८ चैत ७ सोमवार

1.2K 

shares

काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।

अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (९ चैत) मा बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमबार अन्तरिम अल्पकालीन आदेश दिएको हो ।

दुवै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्काे पक्षको तयारी छ । अदालतको फैसलापछि सहमतिका लागि नेतृत्वलाई दबाब बढेको छ ।

गैरआवासीय नेपाली संघमा बढेको तिब्र विवादका कारण यतिबेला संस्था दुई समुहमा विभाजत बनेको छ । संघमा अध्यक्षको नेतृत्वमा दावी गरिरहेका डा. बद्री केसी र कुल आचार्य पक्षले छुट्टा छुट्टै रुपमा अध्यक्षमा आ–आफ्नो नेतृत्व दावी गरिरहेका छन् ।

संस्थापन पक्षबाट वर्तमान उपाध्यक्ष डा. बद्री केसीलाई अध्यक्षको उम्मेदवारको रुपमा उभ्याइएको छ भने केसीसँग प्रतिश्प्रधा गर्न अमेरिकाबाट रबिना थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । उक्त समूहले यहि मार्च २४–१५ मा नयाँ नेतृत्वका लागि निर्वाचनको मिति समेत तोकिसकेको छ । अध्यक्षमा थापा र केसीबीच प्रतिश्प्रर्धा हुने देखिएपनि अन्य धेरै पदमा निर्विरोध जस्तै देखिएको छ ।

उता एनआरएनए संरक्षक शेष घले पक्षले भने कूल आचार्यलाई अध्यक्षको उम्मेदवारका रुपमा उभ्याउँदै अन्य पदको समेत टुंगो लगाईसकेको जनाइएको छ । मार्च २२ देखि २५ सम्म अधिबेशनको मिति तय गरिसकेको छ ।

उक्त समुहले अध्यक्षमा कुल आचार्य, उपाध्यक्षमा हिक्मत थापा, सुनिल शाह, त्रिलोक गुरुङ र नरेन्द्र भाट, महासचिवमा केशव पौडेल, सचिवमा नारायण आचार्य, खगेन्द्र आचार्य, प्रविण गुरुङ तथा युवा उपाध्यक्षमा राज रेग्मीको नाम प्रस्ताव गरिएको छ । साथै महिला उपाध्यक्षमा जानकी गुरुङ र महिला सचिवमा भोमा लिम्बुलाई राखिएको छ ।

कोषाध्यक्षमा राजन त्रिपाठी र सोम सापकोटा मध्ये एकजना र सह–कोषाध्यक्षमा विमला सापकोटा र योगिता थापा मध्ये १ जना नाम प्रस्ताव गरिएको बताइएको छ ।

एनआरएनए निर्वाचनः अध्यक्षमा थापा र केसीबीच प्रतिश्पर्धा हुने, ६० मध्ये ३३ पदमा निर्विरोध

वि.सं.२०७८ चैत ७ सोमवार १६:१८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...