back
CTIZAN AD

यूक्रेन–रुस युद्धका कारण ३५ लाख युक्रेनी नागरिक विस्थापित : राष्ट्रसंघ

वि.सं.२०७८ चैत ७ सोमवार

747 

shares

जेनेभा । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् ।
राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।

त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ । ;

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । ;

यूक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।

“पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान यूक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,” यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने ।एएफपी

वि.सं.२०७८ चैत ७ सोमवार २०:२३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...