back
CTIZAN AD

गाउँपालिकाले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिएपछि…

वि.सं.२०७८ चैत ८ मंगलवार

870 

shares

खलङ्गा । सीप र आर्थिक अभावका कारण बेरोजगार भइरहेका जुम्लाका तिला गाउँपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन् ।

इच्छाशक्ति भए पनि आर्थिक अभावका कारण परिवार चलाउन धौ–धौ भएका यहाँका महिलालाई गाउँपालिकाले स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिएपछि उनीहरु उत्साहित देखिएका हुन् ।

तिला गाउँपालिका–२ का मेचीनगर १३ तारा परियारले अब यो सीपलाई दीर्घकालीन बनाउने सोच बनाएको बताइन । अहिले गाउँमै सिलाइकटाइको काम गर्दै आएको छु”, उनले भनिन् गाउँपालिकाबाट प्राप्त सिलाइकटाइ तालिमले अहिले स्वरोजगार बनाएको छ । अब यसलाई व्यावसायिक रुपमा आगाडि बढाउने योजनामा लागेको छु ।”

सिलाइकटाइले आफूलाई गाउँमै आर्थिकरुपमा आत्मनिर्भर बनाएको उनको भनाइ छ । तालिम लिएपछि अहिले दौरा, सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज र बालबालिकाका कपडा सिलाउने गरेको उनले बताइन । सिलाइकटाइ सम्बन्धी थप पुर्नताजगी तालिम लिने गरेको उनले गाउँमै नयाँनयाँ डिजाइनका कपडा सिलाएर पनि राम्रो आम्दानी गर्न सफल भएको बताइन । राम्रो आम्दानी हुने भएपछि यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य लिएका छौं”, ताराले भनिन, गाउँमा अहिले सिलाइकटाइको राम्रो व्यपार छ, राम्रो डिजाइनमा लुगा सिलाउन सके सिलाइकटाइबाट स्वरोजगार बन्न सकिन्छ ।”

आर्थिक अवस्था न्यून भएका कारण तनावमा रहेका यहाँका महिलालाई गाउँपालिकाले तालिम दिएर दक्ष बनाउने प्रयास गरेकोमा उनीहरु हर्षित देखिएको छ । आकर्षक डिजाइनको कपडा सिलाउनका लागि सिलाइकटाइ तालिम लिएको तिला–१ राराका सपुरा परियारले बताइन । गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइकटाइ तालिम लिएको उनीहरु बताउँछन् ।

सीपले जीविकोपार्जनमा सहच गर्ने भएकाले गाउँपालिकाले प्रत्यक्षरुपमा राहत पुग्ने कार्यक्रमलाई जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए । यहाँका महिलादेखि युवालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको खाँचो रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए ।

रासस

वि.सं.२०७८ चैत ८ मंगलवार १५:१२ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...