back
CTIZAN AD

नगरपालिकाको आफूखुसी निर्णयले स्थानीयवासी आजित

वि.सं.२०७८ चैत ८ मंगलवार

678 

shares

सर्लाही । फोहर व्यवस्थापनमा हरिवन नगरपालिकाको आफूखुसी निर्णयले स्थानीयवासी आजित भएका छन् । नगरपालिकाले नगरभित्रका बजारबाट निस्केको फोहर व्यवस्थापन गर्न तयार पारेको ल्याण्डफिल साइटलाई प्रयोग नगरी नदी किनारमा लगेर फोहर फाल्दा हरिवनवासी आजित भएका हुन् । वडा नं ४ मा करिब ६५ बिघा जमिनमा ल्याण्डफिल साइट बनाउन नगरपालिकाले निर्णय गरे पनि कहिले मुक्तीयाको जङ्गलमा र कहिले चापिनी नदी किनारमा लगेर फोहर फाल्दा आफूहरुलाई समस्या भएको वडा नं ८ का राजकुमार उप्रेतीले बताए । नगरपालिकाले फोहरलाई डम्पिङ साइटमा नभई ल्याण्डफिल साइटमै लगेर व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरेको उनको गुनासो थियो ।

चापिनी नदी किनारमा फोहर डम्पिङ गर्ने र चार/पाँच दिनपछि मात्र आगो लगाउने गर्दा थुपारिएको फोहर कुकुर, स्याल, कागलगायत जनावरले आफ्नो घरसम्म पु¥याउने र हावाले पनि उडाएर ल्याउने गर्दा पनि नगरप्रमुख गणेशप्रसाद प्रसाईले कुनै चासो नदिएको वडा नं ४ का अर्का स्थानीयवासी अक्कलबहादुर जिम्वाले पिडा पाखे । फोहरमा अस्पतालबाट निस्कने सिरिन्ज, मरेका पशु चौपायसमेत फाल्दा कुकुर, काग तथा स्यालले त्यसलाई आफ्नो घरसम्म ल्याएर दुर्गन्ध फैलाएको उनको भनाइ थियो।

आफूहरुले फोहरलाई व्यवस्थित तरिकाबाट व्यावस्थापन गर्न नगर प्रमुख प्रसाईसँग आग्रह गर्दा उनले आफूहरुको नाम टिप्न लगाएर पछि प्रहरीमा निवेदन दिइ पक्राउ गराउने प्रयाससमेत गरेको वडा नं ४ कै कान्छामान लोप्चनले बताए । सर्वदलीय र सर्वपक्षीय निर्णय गरी करिब ६५ बिघा जमिनमा रु १५ लाख खर्चेर तारबार गरी ल्याण्डफिल साइट तयार पारिए पनि सो क्षेत्रमा अहिले स्थानीयवासीले तरकारी खेती गर्ने स्थलको रुपमा प्रयोग गर्न थालेका छन् । फोहर फाल्दा त्यसको उचित व्यावस्थापन हुनुपर्ने भन्दै विरोध गरेपछि नगरपालिकाले गाउँबस्ती नजिकै चापिनी नदी किनारमा लगेर अव्यवस्थित रुपमा फोहर डम्पिङ गर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।

त्यसैगरी २०७२ सालमै सर्वदलीय र सर्वपक्षीय छलफलबाट डम्पिङसाइटलाई ल्याण्डफिल साइटमा रुपान्तरण गर्ने भनी निर्णय गरेर हस्ताक्षरसमेत गरेर नगरपालिकालाई बुझाए पनि नगरपालिकाले वास्ता गर्नाको साटो केही व्यक्तिलाई तरकारी खेती गर्न ल्याण्डफिल साइटको जग्गा दिएको छ । युएनडिपी, हेमन्ती नेपाल, ग्रामिण स्वयमसेवक समाज र नगरपालिकाले २५ वर्षका लागि ल्याण्डफिल साइटको जग्गा स्थानीयलाई तरकारीखेती गर्न बाँडेको हो ।सो क्षेत्रमा आफूहरुले फोहर व्यवस्थापन गर्न असहज भएका कारण अन्यन्त्र लगेर फोहर फाल्ने गरेको गर प्रमुख प्रसाईले बताए । उनले नदी किनारमा लगेर फोहर फाल्दा पनि व्यावस्थापन गर्न नसकिएकाले चाँडै नै व्यवस्थापन गरिने जानकारी दिए ।

वि.सं.२०७८ चैत ८ मंगलवार १५:३३ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...