back
CTIZAN AD

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने झन्झटबाट मुक्ति साथै रू १०० बोनस पनि

वि.सं.२०७८ चैत १० बिहीवार

702 

shares

१० चैत, काठमाडौँ । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा रू। १०० बोनस पाउने अफर ल्याएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाइसी प्रमाणित गर्नुपर्छ । यो अफर चैत्र ९ गते २०७८ देखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ ।

प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् । यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन् ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “‘खल्ती’ मा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यहि कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौं। हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौं।”

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

वि.सं.२०७८ चैत १० बिहीवार १३:२३ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...