back
CTIZAN AD

एनआरएनएले बोलायो आकस्मिक बैठक

वि.सं.२०७८ चैत ११ शुक्रवार

786 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज आकस्मिक बैठक बोलाएको छ ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार बैठक आजराति ९ बजे बस्न लागेको हो ।

बैठकमा संघको यो ८३ औं बैठकमा १० औं महाधिबेशनको तयारी, पूर्व अध्यक्ष शेष घलेद्धारा आयोजित भेलामा सहभागीहरुलाई कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरुको ऐजेण्डा प्रस्तुत हुने बताइएको छ ।

एनआरएनएमा तिब्र रुपमा विवाद बढ्दै गएको अवस्थामा दुई पक्षबाट एनआरएनको दशौ महाधिबेशन र निर्वाचनका कार्यक्रमहरु सार्वजनिक गरिएपछि तत्काल निर्वाचनका सबै कार्यक्रम स्थगीत गरेर छलफलमा आउन अन्तरिम आदेश जारी गरेको थियो ।

चैत ७ गते सोमबार पाटन उच्च अदालतको आदेशपछि ८ गते बसेको दुवैपक्षका प्रतिनिधिहरुको बैठकल संस्थालाई फुटबाट जोगाउन हाललाई पूर्वघोषित सबै कार्यक्रमहरु स्थगीत गरेर संस्थाको आगामी नेतृत्व अध्यक्षका तीनैजना प्रत्याशी डा. बद्री केसी, कूल आचार्य र रबीना थापाबीच आलोपालो संस्थाको नेतृत्व गर्ने सहमति भएको थियो ।

यद्यपी संस्थाको हित र एकताका लागि भन्दै कूल आचार्यले उक्त सहमतिलाई स्वीकार गरेपनि कूल आचार्यलाई अघि सारेका भनिएका संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले याक एण्ड यतिमा भेला गरेर कोरियाका विनोद कुँवरको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको थियो । उक्त कार्यसमिति बैद्यानिक नभएको र मान्यता नदिने संस्थापन पक्षले जनाएको छ ।

अमर्यादित व्यवहार भएको भन्दै घले समूहकै निर्वाचन समितिको गम्भीर आपत्ति

वि.सं.२०७८ चैत ११ शुक्रवार ०९:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...