back
CTIZAN AD

अमर्यादित व्यवहार भएको भन्दै घले समूहकै निर्वाचन समितिको गम्भीर आपत्ति

वि.सं.२०७८ चैत १० बिहीवार

915 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा हालका प्रमुख संरक्षक शेष घलेको निर्णयविरुद्ध उनैले गठन गरेको निर्वाचन समितिले गम्भीर आपत्ति जनाएको छ ।

राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको मार्च ६ तारिख बसेको बैठकले दिएको म्यान्डेट अनुसार प्रमुख संरक्षक घलेले गठन गरेको निर्वाचन समितिमा रहि कामगर्ने क्रममा २३ मार्च दशौं महाधिबेशनका कार्यक्रमकै क्रममा निर्वाचन अधिकृत सहित समितिका अधिकृतहरुले घलेले अमर्यादित व्यवहार गरेको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन् ।

प्रमुख संरक्षक घलेसँग निर्वाचन अधिकृतहरुले छलफल गर्न खोज्दा कुनै अनुमति नदिइकन आफ्नो कुरा मात्र लाद्न खोजेको आरोप उनीहरुले लगाएका छन् ।

‘निर्वाचन समितिका अधिकारीहरुलाई जम्मा १३२ जना प्रतिनिधि (मतदाता) हरुको नाम उपलब्ध गराइएकोमा कतिपय नामहरु डुप्लिकेट रहेको पाइयो भने कार्यक्रमस्थलमा सहभागी हुन आएका आधिकारिक प्रतिनिधिहरु पनि समावेश नगरिएको आधिकारिक प्रमाण पाइयो, निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत विश्वनाथ वराल र निर्वाचन अधिकृतहरु अधिवक्ता वासुदेव फुलारा, विमल सुवेदी र पुष्प थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले घलेले विधान विपरित स्वतन्त्र तथा निश्पक्ष निर्वाचनको मान्यता विपरित निर्वाचन गराउन आफुहरुको नैतिकताले नदिने भन्दै निर्वाचन समितिबाट राजिनामा दिएको समेत बताएका छन् ।

‘निर्वाचन समितिको नाममा अब उप्रान्त गरिने कुनै पनि क्रियाकलापप्रति हाम्रो संलग्नता र सहमति नरहने पनि स्पष्ट पार्दछौं । हामीले राजीनामा दिनुपर्ने आधारहरु काननुसम्मत र संस्थाको हकहितको लागि भविष्यमा मार्ग दर्शक बन्ने विश्वास दिएका छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

No photo description available.

घलेले एकतर्फी निर्वाचन गराएर संस्था विभाजन गरेको भन्दै एनसीसी अध्यक्षहरुको कडा आपत्ति

वि.सं.२०७८ चैत १० बिहीवार १४:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...