back
CTIZAN AD

घलेले एकतर्फी निर्वाचन गराएर संस्था विभाजन गरेको भन्दै एनसीसी अध्यक्षहरुको कडा आपत्ति

वि.सं.२०७८ चैत १० बिहीवार

801 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घलाई विभाजन गर्ने उद्देश्यले एकपक्षीय निर्वाचन प्रकृया अगाडी बढाएको भन्दै विभिन्न देशका एनसीसी अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

एनसिसिका अध्यक्षहरुले गत ६ मार्च २०२२ मा संघमा देखिएको प्रतिनिधि विवादलाई समाधान गरी संकट समाधान गर्न प्रमुख संरक्षक घलेज्यूलाई म्यान्डेट दिइएकोमा घलेले उक्त म्यान्डेटलाई दुरुपयोग गर्दै एकतर्फी गरेको कार्यप्रति गम्भीर असहमति जनाएका हुन् ।

‘गैरआवासीय नेपाली संघमा देखिएको विवाद समाधानका लागि उच्चस्तरीय समितिले छानबिन गरे बमोजिम वास्तविक प्रतिनिधि समावेश गरी विवाद रहित र स्वतन्त्र निर्वाचन र महाधिवेशन गराउन म्यान्डेट दिइएको हो,’ विभिन्न देशका एनसीसी अध्यक्षहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर दिएको म्यान्डेट विपरित विवादास्पद प्रतिनिधिका सम्बन्धमा छानबिन समेत नगरी, वास्तविक प्रतिनिधिको नाम प्रकाशित नगरी, एकपक्षीय ढंगले एनआरएनए एनसीसीहरूले सिफारिस गरेका प्रतिनिधिहरुको संलग्नता बेगरै कथित निर्वाचन गर्न लाग्नु भएकोमा हामी स्तब्ध छौं ।’

त्यस्तै अर्कातर्फ गैरआवासीय नेपाली सङ्घ विरुद्ध चिन्तामणि सापकोटा लगायत भएको निषेधाज्ञाको मुद्दामा उच्च अदालत, पाटनले एनआरएनएको विपक्षमा निवेदकको अधिकार हनन हुने गरी निर्वाचनजन्य कृयाकलाप नगर्न दिएको आदेशको सन्दर्भमा प्रमुख संरक्षकले गर्न लागेका गतिविधिहरु उक्त आदेशको विपरित हुने तर्फ सचेत रहेको समेत उनीहरुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक प्रतिनिधिहरुको संलग्नता विना एकपक्षीय र मनोमानी रुपमा एनआरएनएको विधान तथा नियमावली र अदालतको आदेशको बर्खिलाफ हुने क्रियाकलापमा एनआरएनएको संरक्षक संलग्न हुन खोजेको भन्दै ६ मार्च २०२२ मा दिएको म्यान्डेट फिर्ता लिएको समेत बताइएको छ ।

‘हामीले म्यान्डेट फिर्ता लि सकेपछि दशौँ अधिवेशनका नाममा प्रमुख संरक्षकज्यूबाट भए गरेका कामका लागि हामी सहभागी र जिम्मेवार छैनौ । गैरआवासीय नेपाली सङ्घको संकट समाधान गरी संस्था जोगाउन गरिने कुनै पनि पहलकदमीलाई हामी स्वागत गर्छौं ।’

बुद्धी सागर सुवेदी  अध्यक्ष अमेरिका, दीपक गौतम अध्यक्ष क्यानडा, मोहम्मद मुक्तदा मसलमान अध्यक्ष कतार, शालिकराम डुम्रे अध्यक्ष स्पेन, बिनोद थापा अध्यक्ष युगाण्डा, गीता खनाल थापा अध्यक्ष फ्रान्स, सैलेन्द्र अधिकारी अध्यक्ष डेनमार्क, दीपक पुन अध्यक्ष कोरिया र कुन्दन घिमिरे लगायत ५० देशमा रहेका राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुले घलेलाई दिएको म्यान्डेट फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।

सहमतिलाई लत्याउँदै घले समूहले गर्यो एनआरएनएको नयाँ नेतृत्व चयन, अध्यक्ष बने कुँवर

वि.सं.२०७८ चैत १० बिहीवार १२:४१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...