back
CTIZAN AD

बिएण्डसीद्वारा निःशुल्क स्वास्थ्य बीमा

वि.सं.२०७८ चैत १० बिहीवार

729 

shares

१० चैत । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातीका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयोगी हात अगाडि बढाइराखेको छ ।

यसैक्रममा अस्पतालले गत सोमबार बाह्रदशी गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७ का एक हजार ५०० भन्दा बढी अतिविपन्न परिवारको निःशुल्क बीमा गरिदिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आबद्ध हुन नसकेका ती अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क रु तीन हजार ५०० अस्पतालले सहयोग गरिदिएको हो । यसबाट ती नागरिकले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट रु दुई लाखसम्मको सेवा निःशुल्क पाउने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै भने, “स्वास्थ्य उपचारको अभावका अकालमा कोहीले मृत्युवरण गर्नुपर्दैन । स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैँ तयार छु । बीमा भएपछि रु दुई लाखसम्मको सेवा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ । झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा म खुसी छु ।”

प्रदेशसभा सदस्य वसन्त बानियाँले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न राज्यले नसकिरहेका अवस्थामा समाजसेवी प्रसाईंको मानवीय सेवा उदाहरणीय रहेको बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा वीरेन्द्र यादवले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका साथ साथै महिलाका लागि निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’कार्यक्रम जारी रहेको जानकारी दिए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा विपन्न नागरिकको स्वास्थ्य, शैक्षिक तथा आर्थिक जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रु १० करोड खर्च गर्ने जनाएको छ ।

कार्यकारी निर्देशक प्रसाईंले हालै कचनकवल गाउँपालिका वडा ४ बैरवारी ९केचना०मा खानेपानी तथा खेतीपातीका लागि आवश्यक २०० कल वितरण गरेका थिए । यसबाट ती गाउँका १०० अतिविपन्न मुस्लिम समुदायलाई ठूलो सहयोग मिलेको जनाइएको छ । यसैगरी अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत नै विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालय चारपाने, सिङबेँसी माध्यमिक विद्यालय सिस्नेलाई भवन बनाउन क्रमशः रु पाँच÷पाँच करोड सहयोग गरेको थियो । यसैगरी मुस्लिम बालबालिकालाई पठनपाठनका लागि विर्तामोडमा ‘मदरसा’ भवन बनाउन अस्पतालले रु २५ लाख सहयोग गरिसकेको छ ।

जिल्लाकै हल्दिबारी र कचनकलवका अतिविपन्न तीन हजार परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अस्पताले तयारी गर्दैछ ।

वि.सं.२०७८ चैत १० बिहीवार १२:३५ मा प्रकाशित

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...