back
CTIZAN AD

सहमतिलाई लत्याउँदै घले समूहले गर्यो एनआरएनएको नयाँ नेतृत्व चयन, अध्यक्ष बने कुँवर

वि.सं.२०७८ चैत १० बिहीवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघभित्रको तमाम विवादलाई समाधान गर्ने भन्दै डा. बद्री केसी, कूल आर्चाय र रबीना थापाबीच मंगलबार भएको सहमतिलाई लत्याउँदै अन्ततः शेष घले समूहले सोहि संस्थाको नाममा नयाँ नेतृत्व चयन गरेको छ ।

मंगलबार अध्यक्षका उम्मेदवार केसी, आचार्य र थापाबीच यो कार्यकाल तीनैजनाले आलोपालो संस्थाको नेतृत्व गर्ने सहमति गरिरहँदा याक एण्ड यतिमा दशौं महाधिबेशनको आयोजना गरेका संस्थाका संरक्षक घलेले कार्यक्रमलाई निरन्तरता दिँदै अन्तत : नेतृत्व समेत चयन गरेका छन् ।

सहमति पत्रमा यसअघि भएका एनआरएनएका सबै मुद्दा मामिला खारेज गर्ने, तीनजनाले आलोपालो नेतृत्व गर्नेे तथा घले समूहले आयोजना गरेको कार्यक्रम स्थगन गरिने भनिएपनि घले समूहले भने उक्त सहमतिको वेवास्ता गर्दैै अन्ततः नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

जसरी पनि संस्थालाई विभाजित बनाउनेमा लागेका घलेले अन्ततः संस्थामा नयाँ नेतृत्व चयन गरेर संस्था विभाजन भएको संकेत दिएका छन् ।

No description available.

को–को छन् त घले समूहको नयाँ नेतृत्वमा
घले समूहले कोरियामा रहेका विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समूहका महाधिबेशन आयोजक समितिका संयोजक रहेका सोनाम लामाको समितिले उक्त नयाँ कार्यसमितिको चयन गरेको हो ।

त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा थर्क सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् ।

त्यसैगरी महासचिवमा जानकी गुरुङ र सचिवमा जुनु गुरुङ तथा कोषाध्यक्षमा डिलाराम खरेल चयन भएका छन् ।

संस्थामा सहमति र सहकार्य गर्दै जाने सम्झौता भइसकेको अवस्थामा घले समूहले गरेको एकलौटी नेतृत्व चयन संस्थापन पक्षका कुमार पन्त लगायतले मान्यता नदिने बताएको छ ।

मंगलबार भएको सहमतिमा संघलाई स्वतन्त्र, स्वायत्त र गैरराजनैतिक सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप गरिमामय, प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउनका लागि प्रमुख राजनीतिक दलहरु सम्बद्य पक्षलाई प्रतिबद्धता जाहेर गर्न समेत अनुरोध गरिएको थियो ।

घलेले बोकेका कूल समेत एनआरएनएको पुरानो साख बिग्रन नदिन सहमतिमा पुगेपछि घले एक्लैले केही व्यक्तिहरुलाई साथमा लिएर समानान्तर संगठन बनाउने प्रयास गरेका हुन् ।

तीन जनाबीच आलोपालो नेतृत्व गर्ने सहमतिपछि साम्य भयो एनआरएनएको विवाद

 

वि.सं.२०७८ चैत १० बिहीवार १०:१० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...