back
CTIZAN AD

स्थानीय तहको निर्वाचनका लागि उन्नत लोकतन्त्र पार्टीलगायत थप १४ दल दर्ता

वि.सं.२०७८ चैत १० बिहीवार

714 

shares

मान्म । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा उन्नत लोकतन्त्र पार्टीलगायत १४ साना दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाहेक १४ दलले यही यही चैत ४ गतेदेखि ६ गतेसम्म निर्वाचनका लागि चिन्ह लिन निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नन्दराम चौलागाईँका अनुसार दर्ता भएका दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सामाजिक एकता पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेकशील साझा पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), नेपाल परिवार दल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी रहेका छन् ।

तोकिएको समयमा १४ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका र त्यसको विवरण काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा पठाइएको उनको भनाइ थियो ।
रासस

वि.सं.२०७८ चैत १० बिहीवार १४:३६ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...