back
CTIZAN AD

सलमान ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउँदै, यस्ता छन् उनका कार्यक्रम…

वि.सं.२०७८ चैत १० बिहीवार

720 

shares

काठमाडौं । चर्चित भारतीय कलाकार सलमान खान नेपाल आउने भएका छन् । सलमान जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउन लागेका हुन् ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, ज्याक्लिन फर्नानडिज, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउन लागेका हुन् ।

सलमान खान नेपाल भ्रमणमा आउने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले उनलाई नेपालको हिमाली सुन्दरताको मनोरञ्जन लिन माउन्टेन फ्लाइटका लागि निम्तो समेत दिइसकेका छन् ।

मन्त्री आलेले आयोजित एक पत्रकार सम्मेललनमा सलमानसँग भिडियोवार्ता गर्दै माउन्टेन फ्लाइटको निम्तो दिएका हुन् । उनले लाइभ कार्यक्रममा सलमान खानलाई माउन्टेन फ्लाइट गराउने भन्दै त्यसका लागि समय दिन समेत आग्रह गरेका थिए । उनको आग्रहलाई सलमान खानले स्वीकार गर्दै समय मिलाउने बताएका थिए ।

आयोजक ओडीसी प्रमुख सिमान्त गुरुङका अनुसार सलमानले समय दिएमा ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको छ । ‘हाम्रो इभेन्ट २८ तारिखमा छ । उहाँको नेपाल बसाई तीन दिन रहनेछ । २७ तारिखमा बिहान नेपाल आउनुहुन्छ । २९ तारिखमा फर्किनुहुन्छ । यदि उहाँ २६ तारिखमा आउनु भयो भने ‘माउण्टेन फ्लाइट को योजना पनि छ । यदि २७ मा मात्रै आउनु भयो भने लुम्बिनी भ्रमण र एकदिन प्रायोजकहरुसँग ‘मिट एन्ड ग्रिट’ को कार्यक्रम छ,” ओडिसी प्रमुख गुरुङले बताए ।

उक्त कार्यक्रममा प्रवेशका लागि दर्शकहरुले नर्मल ५ हजार, सिल्भर १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तिर्नुपर्नेछ ।
आयोजकले छिट्ट नै डिजिटल वालेटमार्फत टिधकट बिक्री खुला गरिने जानकारी दिएको छ ।

उक्त तीनदिने कार्यक्रमका लागि सलमानले आयोजकबाट ३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने पनि बताइएको छ । सलमान लगायत उनको टिमलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको पनि आयोजकले जनाएका छन् ।

 

वि.सं.२०७८ चैत १० बिहीवार १४:४७ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...