back
CTIZAN AD

पाल्पा बसपार्क निर्माण गर्न कोष र नगरपालिकाबीच ऋण सम्झौता

वि.सं.२०७८ चैत ११ शुक्रवार

672 

shares

काठमाडौं । पाल्पा बसपार्क निर्माण गर्नको लागि नगर विकास कोष र तानसेन नगरपालिकाबीचमा चैत ११ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषले सहरी पुर्वाधार विकास आयोजना अन्तर्गत सो बसपार्क निर्माण गर्नका लागि तानसेन नगरपालिकालाई १७ करोड ३४ लाख ११ हजार ९ सय ऋण प्रदान गर्ने भएको हो ।

२ वर्ष सहुलियत अवधि सहित २० वर्षमा ८ प्रतिशत ब्याजका दरले ऋण चुक्ता गर्ने गरी कोषले नगरपालिकालाई ऋण प्रदान गरेको कोषका महाशाखा प्रमुख सुर्यबहादुर कार्कीले बताए ।

सम्झौतामा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले हस्ताक्षर गरेका थिए ।

प्रमुख कार्कीका अनुसार सो पाल्पा बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालन गर्न अनुमानित लागत २४ करोड ९० लाख १७ हजारको लागत अनुमान गरिएको छ । जसमा तानसेन नगरपालिकाले आयोजना निर्माणका लागि ७ करोड ४७ लाख ५ हजार १ सय रुपैयाँ बराबरको लागत आफ्नो स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।

त्यस्तै उक्त पाल्पा बसपार्क निर्माण भएपछि आधुनिक व्यवस्थित बसपार्कको सेवा प्रवाह हुने कुरा प्रमुख कार्कीले बताए । सो वसपार्क निर्माणसँगै कालीगण्डकी करिडोर क्षेत्रबाट लाभान्वित हुने क्षेत्र र गुल्मी, बुटवल, पोखरा, स्याङ्जा, पाल्पा र अर्घाखाँची क्षेत्रको विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार २१:०२ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...