back
CTIZAN AD

आधारभूत प्रदूषण दरमा ३३ प्रतिशतले कमी

वि.सं.२०७८ चैत १३ आइतवार

654 

shares

बेइजिङ । बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जनवरी-फेब्रुअरीको अवधिमा यस शहरको प्रदुषणको २.५ औसत एकाग्रता (पीएम) प्रति घन मिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्यूरोले जनाएको छ । बेइजिङमा गत दुई महिनामा कुनै गम्भीर प्रदूषित दिन नभएको रिपोर्ट गरिएको छ ।

फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ शीतकालीन ओलम्पिक अवधिको दौडान यस शहरको पीएम २.५ सूचकाङ्क प्रति घन मिटर २३ माइक्रोग्राम रहेको थियो । पीएम २.५ सूचकाङ्क माइक्रोन वा त्यसभन्दा कम व्यासका वायुबाट उत्पन्न कणहरूको निगरानी गर्ने गेज हो । यी कणहरू मानिसहरूको फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गर्न सक्छन् ।

गत वर्ष यो शहर राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणासँगै बेइजिङले आफ्नो वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको होे । सन् २०२१ मा यस शहरको औसत पीएम २.५ प्रति घन मिटर ३३ माइक्रोग्राम थियो । यो सन् २०१३ मा रेकर्ड सुरु भएदेखिको सबैभन्दा कम स्तर हो ।
सिन्ह्वा

वि.सं.२०७८ चैत १३ आइतवार ०८:५४ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...