back
CTIZAN AD

राष्ट्रिय परिचय पत्र अब वडामा, परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह

वि.सं.२०७८ चैत १४ सोमवार

1.1K 

shares

बैतडी । राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट भइरहेको परिचय पत्र विवरण सङ्कलनको काम गत आइतबारबाट वडा तहबाटै सुरु भएको थियो । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।

वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हाल विवरण परिचय पत्र बनाउन विवरण दिनेको भीड लाग्ने गरेको छ । एक हप्तामै दुई हजार ५०० को विवरण सङ्कलन भइसकेको छ । उनले भने, “परिचयपत्र बनाउन विवरण दिनेको सङ्ख्या निकै उत्साहजनक छ, यसबारे विषयमा प्रचारप्रसार हुनु, यसको महत्वका बारेमा सबैले जानकारी पाएका कारण उत्साहजनक सहभागिता भएको हुनुपर्छ ।” यसका साथै गाउँमै विवरण सङ्कलनको काम भइरहेकाले पनि सहभागिता बढेको जनाइएको छ ।

ती दुई गाउँपालिकाका विभिन्न वडामा विवरण सङ्कलनका गर्न ३५ विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने प्रशासनले जनाएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा चाहिने कागजात

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन भइरहेको हो । राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ ।

यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि बैतडीमा सुरु भएको परिचय पत्र विवरण सङ्कलनमा प्रशासन कार्यालयमा मात्रै हालसम्म सात हजार बढीको विवरण सङ्कलन गरिएको छ ।
रासस

 

वि.सं.२०७८ चैत १४ सोमवार ०८:२२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...