back
CTIZAN AD

अनुदान रकम लिन आएनन् किसान

वि.सं.२०७८ चैत १५ मंगलवार

741 

shares

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अवरिल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन् । राहत अनुदान स्वरुप जिल्लामा रु आठ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धानबालीमा पुगेको क्षतिबापत सङ्घीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो । तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ ।” धान भित्रियाउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । सङ्घीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि-२०७८’अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए ।

राहतका लागि निवेदन दिनेले रु १० को टिकट टाँसेको निवेदनका साथै वडा कार्यालयको मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञानकेन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने बताइएको छ ।

अविरल वर्षाका कारण यहाँ चार जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई सङ्घीय सरकारले यसअघि नै रु दुई लाखका दरले राहत रकम दिइसकेको बताइएको छ ।

रासस

वि.सं.२०७८ चैत १५ मंगलवार १७:०६ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...