back
CTIZAN AD

के रुस हारेको हो ? कीभबाट फिर्ता गर्न थाल्यो आफ्ना सेना

वि.सं.२०७८ चैत १६ बुधवार

1.1K 

shares

काठमाडौं । युक्रेनसँगको शान्ति वार्ता शुरु भएसँगै रुसले आफ्नो सेना फिर्ता बोलाएको घोषणा गरेको छ । मस्कोको घोषणासँगै युक्रेनको राजधानी कीभबाट रुसी सेना फिर्ता हुन थालेका छन् । यसमा रूसी बटालियन रणनीतिक समूह (बीटीजी) पनि समावेश छ । जुन युक्रेनी राजधानी वरपरका क्षेत्रहरूबाट पछि हटिरहेको छ। वास्तवमा, रुसी सेनाहरू अब दक्षिण र पूर्वमा अगाडि बढ्नको लागि उत्तरका केही क्षेत्रमा पछि हटिरहेको विज्ञहरुको भनाई छ ।

युद्धविराममा सहमति छैन

मंगलबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनी प्रतिनिधिमण्डलबीच शान्ति वार्ता चलिरहेको बेला रुसले यो कदम चालेको हो । वार्तापछि युक्रेनी प्रतिनिधिमण्डलका एक अधिकारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच आगामी दिनमा भेटवार्ता हुन सक्ने बताए ।

रिपोर्टहरु अनुसार, रूसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले भने कीभ र चेर्निहाइभ वरपरबाट रूसी सेना फिर्ता गर्नु युद्धविराम नभएको बताएका छन् । रुसले टर्कीमा भएको वार्तालाई सकारात्मक भएको बताएको छ । उसले सेनालाई कीभ र चेर्निहाइभमा आक्रमण कम गर्न पनि भनेको छ। यसको एउटा कारण युक्रेनको तटस्थ स्थिति हुन सक्ने बुझाई धेरैको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि आफुँ तटस्थ रहन तयार रहेका बताएका छन् । जसको अर्थ युक्रेन सैन्य गठबन्धनमा सामेल हुने छैन तर, बदलामा सुरक्षाको ग्यारेन्टी हुनुपर्नेछ ।

किन किभबाट हटाउँदैछ रुसले आफ्ना सेना ? यस्ता छन् केही तथ्य

सकारात्मक कुराकानीको वातावरण सिर्जना गर्ने प्रयास

रुसले दुई देशबीचको वार्ताका लागि सकारात्मक वातावरण बनाउन राजधानी कीभ वरपरबाट आफ्ना सेना घटाउँदै आएको बताएको छ । युक्रेनी प्रतिनिधिमण्डलले इस्तानबुलमा शान्ति वार्ताका क्रममा राजधानीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको प्रतिक्रियामा यो कदम आएको हो।

इरपिन रुसी कब्जाबाट मुक्त भयो

दोस्रो कारण हुन सक्छ, युक्रेनी सेनाले रुसी सैनिकलाई उचित जवाफ दिनु। युक्रेनी सेनाले कीभ नजिकै रहेको इरपिनलाई रुसी कब्जाबाट मुक्त गराएको छ । इरपिनका मेयर ओलेक्जेन्डर मार्कुसिनले इरपिनलाई रिहा गरिएको बताएका छन्।
यति मात्र होइन, युक्रेन फोर्सको विशेष युनिटले कीभतर्फ गइरहेको रुसी सेनाको ६४ किलोमिटर लामो काफिले ध्वस्त पारेको छ ।

रूस सेनालाई पुनस् संगठित गर्दैछ

तेस्रो कारण, रुस अगाडि बढ्न दुई पाइला पछाडि हटेको छ । पश्चिमी देशहरूको नजरमा रुसको यो कदमलाई छोटो समयका लागि सेनालाई पुनर्गठन गर्ने कदमका रूपमा हेरिएको छ । युद्ध सुरु भएको एक महिनाभन्दा बढी भइसकेको छ । रुसी सेनाले लगातार युक्रेनका धेरै सहर ध्वस्त गरिरहेको छ तर, युक्रेन झुक्न तयार छैन ।

युक्रेनको रक्षा गुप्तचर एजेन्सीका प्रमुख ब्रिगेडियर जनरल किरिलो बुडानोभले कीभ वरपर रुसको सैन्य कारबाही असफल भएको बताएका छन्। यस्तो अवस्थामा रुसी सेनाले अब युक्रेनी सरकारलाई हटाउन असम्भव रहेको बुझेको छ । यही कारणले गर्दा पुटिनको सेनाले युक्रेनको पूर्व र दक्षिणतिर ध्यान केन्द्रित गरिरहेको छ । युद्धमा धेरै रुसी मेजर जनरल मारिएका छन्।

डोनबासमा पुटिनको आँखा

युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशनको पहिलो चरण सकिएको घोषणा रुसले यसअघि नै गरेको थियो । रुसी सेनाले अब पूर्वी डोनबास क्षेत्रको स्वतन्त्रतामा ध्यान केन्द्रित गर्नेछ, जहाँ रुसी समर्थित पृथकतावादीहरू आठ वर्षदेखि लडिरहेका छन्। रुसी सेनाका जनरल स्टाफका वरिष्ठ प्रतिनिधि सर्गेई रुडस्कोईले युक्रेनी सशस्त्र बलको लडाई क्षमतामा उल्लेख्य कमी आएको बताए । यस कारणले गर्दा हामी हाम्रो मुख्य लक्ष्य, डोनबासको स्वतन्त्रतामा ध्यान केन्द्रित गर्न सक्छौं। रुसले युद्धको शुरुवातमा डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको थियो।

रुस युक्रेनलाई दुई भागमा विभाजन गर्न चाहन्छ

युक्रेनका गुप्तचर प्रमुख किरिलो बुडानेभले रुसको पुटिन सरकारले युक्रेनलाई दुई भागमा विभाजन गर्न चाहेको बताएका छन् । एक अन्तर्वार्तामा बुडानेभले भनेका छन्, “पुटिनको उद्देश्य कीभ कब्जा गर्ने र देशलाई दुई भागमा विभाजन गर्ने हो। जसरी उत्तर र दक्षिण कोरिया छुट्टिए ।” एजेन्सीको सहयोगमा

वि.सं.२०७८ चैत १६ बुधवार ११:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...