back
CTIZAN AD

युएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

वि.सं.२०७८ चैत १८ शुक्रवार

1K 

shares

काठमाडौं । युएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

झण्डै १ महिनादेखि युएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । पाण्डेका आफन्त तथा परिवारले पाण्डेलाई जेल पुर्याउनका लागि दूतावासको भूमिका रहेको आरोप लगाउँदै आएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले पत्रकार पाण्डे निर्दोष रहेको र उनको तत्काल सरकारले विनाशर्त रिहाइको माग गरेका छन् ।

युएईस्थित नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक संजालमा स्टाटस लेखेकै कारण देखाएर दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराहाम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने सजाय सुनाएपछि उनी एक महिनादेखि दुबईको जेलमा रहेका छन् ।

पाण्डेले गत जनवरी ८ मा यस्तो स्टाटस लेखेका थिए–युएईमा भिजिट भिसाको समस्या कहिल्यै समाधान हुँदैन । किनकी भिजिट भिसालाई प्रोत्साहन र सहयोग दूतावास आफैले गरिरहेको छ । उदाहरणका लागि दूतावासमा स्थानीय कर्मचारी कत्ति नियुक्ति गरियो ? त्यसो गर्दा ती व्यक्तिलाई कुन भिसामा युएई बोलाइयो र अहिले काममा लगाइएको छ त्यो हेरे थाहा हुन्छ । भिजिट भिसाको मुख्य जरो दूतावास भित्रै छ, छ कसैको बोल्ने हिम्मत ? मिठो बोलेर मात्र हुँदैन नियत खराब भएपछि यो स्टाटसकै कारण कसैले गलत निर्णय नगरुन् । डिर्पोट गर्नु पर्दैन म नेपाल छु, तिम्रै अगाडि उपस्थित हुन आउछु छिट्टै, कालो कर्तुत सप्रमाण छन् । एकवर्ष दुःखमा थिए, अब शोकलाई शक्तिमा बदल्ने गरी आउनेछु ।’

वि.सं.२०७८ चैत १८ शुक्रवार २१:०१ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...