back
CTIZAN AD

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

वि.सं.२०७८ चैत १८ शुक्रवार

873 

shares

इनरुवा । सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदानस्थलको अनुगमन सुरु गरेको प्रजिअ यादवले बताए । सुनसरीको कोसी, भोक्राहा नरसिंहलगायत दक्षिणी क्षेत्रको मतदानस्थलको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए । रासस

वि.सं.२०७८ चैत १८ शुक्रवार २०:४१ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...