back
CTIZAN AD

श्रीलंकामा चरम आर्थिक संकट : २६ जना मन्त्रीद्धारा रातारात सामुहिक राजीनामा

वि.सं.२०७८ चैत २१ सोमवार

765 

shares

काठमाडौं । चरम आर्थिक संकटका बीच सरकारको राजीनामाको माग गर्दै नागरिक आन्दोलन बढेपछि श्रीलंकामा २६ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् ।

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेबाहेक अन्य सबै २६ जना मन्त्रीहरुले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

आर्थिक संकट चुलिँदै गएपछि दैनिक उपभोग्य सामग्री समेत उपलब्ध नहुँदा आन्दोलनकारीहरुले सडकमा प्रदर्शन गर्दै सरकारको राजीनामाको माग गरेका थिए ।

कोरोनाका कारण पर्यटन क्षेत्र धरासायी भएको तथा विदेशी ऋणका कारण आर्थिक रुपमा थला पर्दै गएको श्रीलंकाले डलरको कमीका कारण अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न नसकेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

आक्रोशित नागरिक सडकमा अराजक शैलीमा उत्रिएपछि श्रीलंकन सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेका ६०० बढीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

आइतबार कफ्र्युकाबीच ठूलो संख्यामा प्रदर्शन भएपछि रातिसम्म बसेको मन्त्रिपरिषद्को बैठकले २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनका अनुसार राष्ट्रपति गोटबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक सबै मन्त्रीले प्रधामन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री राजापाक्षेका छोरा नमल राजापाक्षेले सबैभन्दा पहिले राजीनामा बुझाएका थिए भने त्यसको एकघण्टापछि अन्य सबै मन्त्रीले राजीनामा दिएको बताइएको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार ०८:३२ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...