back
CTIZAN AD

चितवनका सबै क्षेत्रमा तालमेल गरेर जाने गठबन्धनको निर्णय(विज्ञप्तिसहित)

वि.सं.२०७८ चैत २१ सोमवार

915 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबिच चितवनका सबै स्थानीय क्षेत्रमा तालमेल गरेर जाने निर्णय भएको छ ।

गठबन्धन दलका जिल्ला संयोजकहरुको सोमबार बिहान बसेको बैठकले चितवनका सबै स्थानीय क्षेत्रमा चुनावी तालमेल गर्ने विषयमा निर्णय भएको हो ।

नेपाली कांग्रेशका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकिकृत समाजवादी) का इन्चार्ज कृष्ण प्र. खनाल, जनता समाजवादी (जसपा) का अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष डम्बर पुरीसहितको बैठकले स्थानीय निकायको निर्वाचनमा गठबन्धनमा सहभागी दलहरुका बीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।

‘जिल्ला स्थित ७ वटै पालिकामा गठबन्धनका दलहरुबीच बैठक बसी चुनावी तालेमलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाउने निर्णय गरियो । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय गरियो ।’ गठबन्धनका जिल्ला संयोजकहरुद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी सोहि बैठकले केन्द्रीय परिपत्र अनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार १२:२३ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...