back
CTIZAN AD

खालाी जग्गाको प्रयोग गरि राम्रो आम्दानी गर्दै स्थानीयवासी

वि.सं.२०७८ चैत २१ सोमवार

858 

shares

गलेश्वर । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयाका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ ।

गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न थालेका छन् । दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्गमा वनक्षेत्र फैलिएको छ । पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा छ ।

हिउँदमा बाक्लो हिउँले ढाक्ने गुर्जासम्म म्याग्दीको लुलाङ र मुदी गाउँ तथा बागलुङको ढोरपाटनबाट पुग्न सकिन्छ । गुर्जाबाट पर्यटक सोझै ढोरपाटन पुग्ने गरेको छन्त्यालले बताए । जडीबुटीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँको बाँझो जमिनमा स्थानीयले जडीबुटी खेती गर्न थालेका छन् । यहाँ रहेको हिमाली कृषि सहकारी संस्थाले व्यावसायिक खेती गर्न मद्दत गरेको छ ।

“सहकारीमा आबद्ध किसान जडीबुटी खेतीमा संलग्न छन”, उनले भने । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउन सहकारी संस्थामार्फत २५ किसानले जडीबुटी खेती थालेको छन्त्याल बताउँछन् । साढे दुई हेक्टरमा अतिस जातको जडीबुटीको बेर्ना लगाइएको छ । अतिसलाई जुका मार्नसमेत प्रयोग गरिन्छ । गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठसल्ला, जटामसीलगायत जडीबुटी पाइन्छ । “खाली जग्गा उपयोग गर्दै अतिसको बेर्ना उत्पादन गरी खेती विस्तार गरिएको छ”, छन्त्याल बताउँछन् ।

यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनबाट घाँस–दाउरा मात्र होइन, औषधिका रुपमा जडीबुटीसमेत सङ्कलन गरिन्छ । स्थानीय रत्नवम मल्ल भन्छन्, “आफ्नै गाउँघरको औषधि प्रयोग गर्न पाइएको छ ।” खोकी लाग्दा हर्रो, बर्रो खाने गरेको उनको भनाइ छ । कुरिलो, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपातेलगायत जडीबुटीको अत्यधिक प्रयोग गरिन्छ ।

म्याग्दीका सामुदायिक वन दाउरा, घाँस र अन्य वनपैदावर स्थानीयवासीका लागि घरेलु उपचार र आम्दानीका स्रोत बन्दै गएका छन् । संरक्षणमा स्थानीयवासीको चासो र जडीबुटीको महत्व बढ्दै गएपछि सामुदायिक वन आयआर्जनका माध्यम बनेका हुन् । दीर्घकालीन असर नगर्ने हुँदा स्थानीयले वनमा पाइने जडीबुटी प्रयोग गर्छन् ।

निमित्त वन अधिकृत चन्द्रमणि सापकोटा वनमा प्रशस्त जडीबुटी पाइने बताउँछन ्। जडीबुटीको खोजी, पहिचान र संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दैआएको उनको भनाइ छ । “सामुदायिक वनमा पाइने जडीबुटी आम्दानीका स्रोत बनेका छन”, उनले भने । म्याग्दीका २१३ सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । ती जडीबुटीको संरक्षण र प्रयोग राम्रोसँग हुन भने सकेको छैन ।

वि.सं.२०७८ चैत २१ सोमवार १२:४८ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...