back
CTIZAN AD

निर्वाचन आयोगले छलफलका लागि बोलायो दलहरुलाई

वि.सं.२०७८ चैत २२ मंगलवार

750 

shares

काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ ।

२०७९ बैशाख ३० गतेदेखि सुरु हुने स्थानीयतहको निर्वाचनको विषयमा केन्द्रीत रहेर छलफल गर्नका लागि आयोगले मंगलबार बिहान ११ः३० बजे दलहरुका प्रतिनिधिको बैठक डाकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको हो ।

आयोगले यसअघि देशका विभिन्न स्थानमा आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा संचालन गरेको थियो ।

आयोगले आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन दलहरुलाई सुझाव समेत दिएको थियो ।

त्यसैगरी आयोगले आगामी निर्वाचनका लागि सोमबारदेखि मतपत्र छाप्न सुरु गरेको हो ।

जनक शिक्षा सामग्री केन्द्रमा छापिने उक्त मतपत्र कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।

आयोगले निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले एक लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ ।

राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिइयो ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको रु तीन हजार, पालिका तहको रु एक हजार तथा वडाको रु ५०० तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ ।

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको सो अवसरमा जानकारी दिइयो ।

वि.सं.२०७८ चैत २२ मंगलवार ०८:०६ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...