back
CTIZAN AD

पद्माको जिल्लामै एमालेलाई साख जोगाउन गाह्रो

वि.सं.२०७८ चैत २३ बुधवार

1.1K 

shares

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले स्याङजामा निक्रै राम्रो नतिजा ल्याएको थियो । ११ स्थानीय तहमध्ये एमाले एक्लैले ७ स्थानीय तह जितेको थियो । एमालेले जिल्लामा सबैभन्दा बढी वडाअध्यक्ष पनि जितेको थियो । ९७ वडामध्ये एमाले एक्लैले ५७ वडामा वडाको नेतृत्व हात पारेको थियो ।

एमालेले ५७ वडाअध्यक्ष जित्दा कांग्रेसले ३९ र माओवादी केन्द्रले १ मात्रै वडाअध्यक्ष जितेका थिए ।

आँधिखोला गाउँपालिकामा प्रमुख, उप्रमुखसहित सबै वडा एमाले एक्लैले जितेको थियो । फेदीखोला गाउँपालिकामा पनि एमालेले प्रमुख र उपप्रमुखसहित १ वडाबाहेक सबै वडामा एमालेले जित हात पारेको थियो ।

जिल्लाको जनसंख्याको हिसाबले सबैभन्दा ठूलो पुतलीबजार नगरपालिकामा पनि एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले पुतलीबजारका १४ वडामध्ये १० वटा वडामा एक्लै वडाअध्यक्ष जितेको थियो ।

एमालेले विरुवा र हरिनास गाउँपालिकामा पनि प्रमुख र उपप्रमुखसहित अधिकांश वडा पनि जितेको थियो । दुवै ठाउँमा ६/६ वडाअध्यक्ष एमाले एक्लैले जितेको थियो ।

गल्याङ नगरपालिका र कालीगण्डकी नगरपालिकामा पनि एमालेले प्रमुख र उपप्रमुखसहितका पदमा जित हात पारेको थियो । निकै कडा प्रतिस्पर्धा व्यहोरेको एमालेले गल्याङमा ११ वडामध्ये ६ वटा वडाको नेतृत्व आफ्नो पक्षमा पारेको थियो । कालिगण्डकी गाउँपालिकामा एमालेले ७ वडामध्ये ४ वडामा जित हात पारेको थियो ।

जिल्लामा ११ स्थानीय तहमध्ये कांग्रेसले ४ स्थानीय तहको नेतृत्व हात पारेको थियो । अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका र चापाकोट नगरपालिका कांग्रेस एक्लैले जितेको थियो । कांग्रेसले जितेका पालिकामध्ये एमाले वालिङ नगरपालिकामा मात्रै प्रतिस्पर्धीको रुपमा देखिएको थियो ।

तर, मुख्य प्रभाव क्षेत्र आँधिखोला र फेदिखोलामै एमाले कमजोर बन्यो

पार्टी विभाजनसँगै स्याङ्जामा एमाले निकै कमजोर बनेको छ । माओवादी केन्द्रका केही नेताहरु थपिएका भएपनि उनीहरुको प्रभाव नगण्य अवस्थामा हुँदा एमालेलाई विभाजनले निकै ठूलो असर गरेको देखिन्छ । तत्कालिन एमालेका जिल्ला कमिटीका दर्जन सदस्य एकीकृत समाजवादीमा लागेका थिए । जिल्लाका प्रभावशाली र सांगठनिक रुपमा बलिया मानिएका नेताहरुले एकीकृत समाजवादीलाई रोज्दा एमालेलाई सांगठनिक हिसाबले निकै घाटा हुन पुगेको धेरैको बुझाई छ ।

एमालेको सबैभन्दा राम्रो मानिएको आँधिखोला र फेदिखोलामै एकीकृत समाजवादीले बराबरी हैसियतकै पार्टी कमिटी गठन गरेको छ । आँधिखोला गाउँपालिकामा निर्वाचित उपाध्यक्षसहित केही जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । अर्कोतर्फ, फेदिखोलामा ठूलो संख्यामा नेताहरुले एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीले जिल्लाका आँधिखोला, फेदिखोला, पुतलीबजार, वालिङ र चापाकोटमा निकै राम्रो कमिटी बनाएको छ । जसको सिधा प्रभाव एमालेलाई पर्ने देखिन्छ । कांग्रेसलाई एमाले प्रभाव क्षेत्रलाई केन्द्रीत गरि पार्टी प्रवेश कार्यक्रम चलाएको कारण पनि धेरै एमालेका स्थानीय कमिटी बिथोलिएको छन् । अर्काेतर्फ, यदि स्याङ्जामा पाँच दलीय गठबन्धनबीच तालमेल भएमा एमालेले त्यसले निकै ठूलो असर गर्ने देखिन्छ ।

पद्माको वडामै कांग्रेस

केन्द्रीय राजनीतिमा महिला नेतृको पहिचान बनाएकी पद्मा अर्याल आफ्नै क्षेत्रमा समस्यामा छिन् । उनको स्थायी बसोबास भएको पालिका कांग्रेसमय छ भने उनको वडामा पनि एमाले नगण्य छ । पद्माको स्थायी बसोबास भएको वालिङ नगरपालिकाको वडा नं. ८ मा यसअघि पनि कांग्रेसले जितेको थियो । अहिले उक्त क्षेत्रमा एमाले थप कमजोर भएको धेरैको बुझाई छ । आगामी निर्वाचन पनि यसअघि जस्तै कांग्रेस जित्ने अनुमान स्थानीयको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार १६:२१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...