back
CTIZAN AD

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल खारेज

वि.सं.२०७८ चैत २३ बुधवार

873 

shares

२३ चैत । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गरेका छन । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो । “सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भने ।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।

प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

वि.सं.२०७८ चैत २३ बुधवार १६:३४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...