back
CTIZAN AD

टिकट भाडा रु २१ हजार, यात्रुहरु बाटोमै अलपत्र

वि.सं.२०७८ चैत २३ बुधवार

738 

shares

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् ।

हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या भएको छ । उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन् ।

नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको उनीहरुको दाबी छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लङ्घन गरी उडान ठप्प गरेको बताइएको छ ।

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नपाएको बताइएको छ । हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा तथा कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नौलो होइन । यहाँको बिरामीलाई समेत उपचार गर्न जिल्लाबाहिर जानसमेत समस्या भएको छ । हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

नेपालगञ्ज–हुम्लाको रु २१ हजार भाडा

सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि रु २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएको छ ।

सहुलियत उडान कम गरिरहेको नेपाल एअरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एकजना यात्रुबाट रु १६ हजारदेखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुको भनाइ छ । नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा रु पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो ।

नेपालगञ्जदेखि अन्य निजी एअरलाइन्सले चार्टर्ड उडान भर्दा रु ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए । तर नेपाल एअरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन् । यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

नेपालगञ्जमा यात्रु अलपत्र

कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर महिनौँदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिहरको मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।

निजी एअरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीयवासीको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका छन् ।

 

वि.सं.२०७८ चैत २३ बुधवार १६:४९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...