back
CTIZAN AD

एमालेले बुझायो निर्वाचन आयोगलाई ६ बुँदे असहमति पत्र (पत्रसहित)

वि.सं.२०७८ चैत २४ बिहीवार

756 

shares

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग समक्ष निर्वाचन आचारसंहिता ६ बुँदे असहमति पत्र बुझाएको छ ।

निर्वाचन आयोगको आचारसंहिताप्रति असहमति जनाउदै आएको एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा निर्वाचन आयोगमा पुगेको टोलीले आयुक्त दिनेश थपलियालाई उक्त ६ बुँदे असहमतिपत्र बुझाएका हुन् ।

‘दफा ५ मा भएको कुर्नपनि तहको कार्यपालिकाको सदस्य, मन्त्री तथा प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै दलको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन नपाउने व्यवस्था अनुपयुक्त छ,’ एमालेले बुझाएको सहमतिपत्रको बुँदा नं ५ मा भनिएको छ, ‘मन्त्री वा प्रधानमन्त्री या कार्यपालकिा कुनै सदस्यलाई काममा पक्षपात गर्ने छुट हुन्न तर उनीहरुको बैचारिक र दलीय आवद्धतामा अंकुश लगाउन मिल्दैन । यस प्रावधान निर्वाचित जनप्रतिनिधिको नैसर्गिक तथा संबैधानिक÷कानुनी हक प्रतिकूल छ । यो निर्वाचनको सिद्धान्त र संविधानमा भएको राजनीतिक दल विचको प्रतिश्पर्धाको सिद्धान्त विपरीत समेत छ ।’

May be an image of 9 people, people sitting and indoor

निर्वाचन आयोगले मंगलबार निर्वाचनमा सहभागी हुने ७९ दललाई स्थानीयतहको निर्वाचनको आचारसंहिता पालना गर्ने विषयमा लिखित प्रतिबद्धता जनाउन बैठक बोलाएको थियो । बैठकमा सहभागी भएपनि एमालेले छलफलै नगरी हस्ताक्षर गर्न लगाइएको भन्दै हस्ताक्षर नगरी बाहिरीएको थियो ।

यस्तो छ अन्य पत्र

May be an image of text

May be an image of text

May be an image of text

 

वि.सं.२०७८ चैत २४ बिहीवार १४:४९ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...