back
CTIZAN AD

राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

वि.सं.२०७८ चैत २४ बिहीवार

609 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ । चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए । पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ ।

पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हेटाँैडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा गरिने भएको छ । यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन् ।

स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्ने पार्टीले देशभर उम्मेदवार छनोट गरिरहेको छ । पार्टीको स्थानीय तहको सङ्गठनलाई स्वच्छ छवि भएका, सङ्गठनप्रति समर्पित, स्थानीय जनताको मन जितेर लोकप्रिय बनेका, निर्वाचनमा विजय हुने सम्भवाना बोकेका नेतालाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिए । यही चैत मसान्तभित्र उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ ।

 

वि.सं.२०७८ चैत २४ बिहीवार १४:४८ मा प्रकाशित

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...