back
CTIZAN AD

सुपारी खेतीबाट नै दुई लाखसम्म आम्दानी गर्दै किसान

वि.सं.२०७८ चैत २४ बिहीवार

1.1K 

shares

मङ्गलबारे । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् ।

खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए ।

सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले वार्षिकरूपमा सुपारी बेचेर रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

सुपारी काँचै बिक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरा बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । अधिकांश क्षेत्रमा सुपारी हुने भएकाले किसान सुपारी खेतीतर्फ लागिपरेका छन् ।

 

वि.सं.२०७८ चैत २४ बिहीवार १५:४० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...